JanataToday.com

Advertisment

SKIP THIS

सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो

सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो

तुलसीपुर
मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६÷७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् ।
मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालतमा जान सक्ने व्यवस्था गरेपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका हुन् । जम्मा ४७२ सम्बन्धविच्छेदका मुद्दा परेकामा २८८ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेको दाङ देउखुरी जिल्ला अदालतका श्रेस्तेदार धनीप्रसाद चापागार्इंले बताउनुभयो ।
दर्ता भएका मुद्दामध्ये १५० मुद्दा फछ्र्योट हुन बाँकी रहेको श्रेस्तेदार चापागार्इंले बताउनुभयो । तीन सय २२ मुद्दा भने फछ्र्योट भइसकेका उहाँको भनाइ छ । गत वर्षको तुलनामा सम्बन्धविच्छेदका घटनामा वृद्धि हुदै गएका उहाँको भनाइ छ ।सम्बन्धविच्छेदका लागि निवेदन दिने पुरुषले श्रीमतीले घर–व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा घरमा सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको कारण देखाउँदै मद्दा दिएको श्रेस्तेदार चापागाईंले जानकारी दिनुभयो । दाङ देउखुरी जिल्ला अदालतका अनुसार पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेमविवाह र नयाँपुस्ता आफूहरु स्वतन्त्ररूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको चापागाईंले बताउनुभयो ।
रासस

प्रकाशित मिति : मंगलबार, पुष १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij