बुटवल ।
राष्ट्रिय बहिरा महासंघ नेपालको २३ औं केन्द्रीय बार्षिक साधारण सभा बुटवलमा सुरु भएको छ । दुई दिन सम्म चल्ने साधारण सभाको सोमबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश ५ अपाङ्ग मैत्री प्रदेशको रुपमासरकारले परिकल्पना गरेको जानकारी दिदै यसलाई यक्षरस पालना गर्नको लागि सरकार लागिपरेको बताउनुभयो ।
सरकार अहिले सुुरुवाती अवस्थामा रहेको जानकारी दिदै सोचे अनुसारको अपाङ्गता, विशिष्ठ क्षमता भएका व्याक्तिहरुको लागि ठोस कार्य गर्न नसकीएको बताउदै मन्त्री बरालले बाहिरोपना भएका नागरिकहरुको अधिकार शुनिश्चित हुने खालको योजना बनाई लागू गरिने प्रतिवद्धता जाहेर गर्नुभयो।
मन्त्री बरालले भन्नुभयो–‘पहिलो चरणमा विद्यालय, सडक, यातायात हुदै निर्माण गरिने भौतिक संरचना अपाङ्ग मैत्री र बहिरोपना भएका व्याक्तिहरुको सहज सञ्चार हुने प्रकृतिको निर्माण गरी सोही अनुसारको विकासमा प्रदेश सरकार लागिरहेको छ ।’
सरकारले अहिले सिमित स्रोत र साधानको बाबजुत पनि केही नमुना योग्य कार्यक्रमहरु ऋगाडी बढाइएको उहाले जानकारी गराउनुभयो।
भैरहवामा रहेको बहिरा माध्यमिक विद्यालय, दाङ्ग जिल्लामारहेको बाहिरा विद्यालयलाई सहयोग गर्नुको साथै गत आर्थिक बर्षमा अन्य विभिन्न जिल्लाहरुमा रहेका बहिरोपना भएका व्याक्तिहरुको लागि प्रदेश सरकारले सहयोग गरेको मन्त्री बरालले जानकारी दिनुभयो।
आगामी दिनमा सरकारले बहिरोपना भएका व्याक्तिहरुको व्याक्ति त्व विकास, सूचता तथा सञ्चारको क्षेत्रमा काम गर्ने योजना बनाएको भन्दै उनले यसमा सबैकोसाथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
अपाङ्गता भनेको कुनै पनि अपराध वा पुर्व जन्मको पाप नभएको भन्दै मन्त्री बरालले अपाङ्गता भएको एउटा विशिष्ठ क्षमता भएको बताउनुभयो । उहाले अपाङ्गता भएका व्याक्तिहरुमा रहेको विशिष्ठ क्षमतालाई प्रष्फुटन गरी उनीहरुको जीवनमा कायापलट ल्याउन सकिने र देश र विदेशमा समेत उनीहरुले नाम कामउन सक्ने बताउनुभएको थियो ।
‘अपाङ्गता कसैको दोष होईन, यो एउटा विशिष्ठ क्षमता हो, जसलाई सदुपयोग गरी कार्यपलट समेत गर्न सकिन्छ ।’–मन्त्री बरालले भन्नुभयो।
राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वजल्यण्डबाट आएका डिडिएफका प्रतिनधिहरुजानमार्गस्टम, टोमस एड्र्सन लायतले बोल्दै अपाङ्गताको क्षेत्रमा नेपालमा धेरै काम भएको सो को प्रतिफल कम भएकोले अव यसमा प्रतिफल बढाउनको लागि आफुहरु लागिपरेको बताउनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्मा, सहकारी संघ का केन्द्रीय सदस्य भिम लाल तुलाचन, बहिरा महासंघका पुर्व अध्यक्ष कल्पना बज्राचार्य, राष्ट्रिय सांकेतीक भाषा दोभासे संघका अध्यक्ष शिलु शर्मा, महासंघ प्रदेश ५ का संयोजक सुरयु प्रसाद शेरचन, लुम्बिनी बहिरा संघका अध्यक्ष गोविन्द भण्डारी लगायतले बोलेका थिए ।
महासंघका केन्द्रीय महासचिव सुर्य बहादुर बुढाथोकीको सञ्चालन र प्रदेश ५ का सचिव उमेश आचार्यको स्वागतमा भएको कार्यक्रम राष्ट्रिय बहिरा महासंघ प्रदेश ५ र लुम्बिनी बहिरा संघको व्यवस्थापनमा भएको हो ।
दुई दिन सम्म चल्ने साधारण सभाले खासगरी बहिरोपना भएका व्याक्तिहरुको हक अधिकार, उनीहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा लगायतका विषयमा व्यापक छलफल गरी बुटवल घोषणा पत्र समेत जारी गरिने सांकेतीक भाषा दोभाषे संघका प्रतिनिधि यशोदा थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, पुष १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्