JanataToday.com

Advertisment

SKIP THIS

विद्यार्थीलाई गीता आयुर्बेदकद्धारा न्यानो कपडा वितरण

विद्यार्थीलाई गीता आयुर्बेदकद्धारा न्यानो कपडा वितरण

बुटवल /जनता टुडे

तराईमा सितलहर चलिरहेको बेला बुटवल देविनगरमा रहेको गीता आयुर्बेदक भवनले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं। १४ मा रहेको सरस्वती आधारभूत विद्यालय बिनयपुरलाई गिता आयुर्बेदकले न्यानो कपडा स्विटर पोशाक वितरण गरेको हो । विद्यालय पढ्ने विद्यार्थीलाई जाडोबाट बच्नको लागि केही भएपनि राहात मिलोस भन्ने उद्श्यले पोशाक वितरण गरिएको गीता आयुर्बेदक भवनका सञ्चालक गीता सापकोटाले बताउनुभयो ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि स्विटर वितरण गरिएको हो । गीता आयुर्बेदकले प्रत्यक वर्ष सामाजिक सेवा अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आएको उहाले जानकारी दिनुभयो । १० वर्षदेखि निरन्तर रुपमा कमाएको केही रकम सामाजिक सेवामा खर्च गर्ने गरेको सापकोटाको भनाई छ ।

बुटवल उपमहागनरपालिका वडा नं। १४ का वडा अध्यक्ष दधिराम न्यौपानेको उपस्थितीमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । न्यौपानेले विद्यार्थीलाई नियमित रुपमा विद्यालय जाने वातावरण अभिभावकले घरमा सिर्जना गर्नु पर्ने बताउनुभयो ।

विद्यालयका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएकोमा उहाले धन्यबाद दिँदै विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि वडाले काम गर्दै आएको बताउनुभयो । लुम्बिनी प्रादेशिक आयुर्बेदिक चिकित्सालयका वरिष्ठ कबिराज गणेश सापकोटाले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीलाई विद्यालय नियमित जानु पर्छ भन्ने शन्देस दिएको बताउनुभयो । ब्यवसाय गरेको केही रकम सामाजिक सेवामा खर्च गर्न सके मानिसमा आत्मसन्तुष्टी मिल्ने उहाको भनाई छ ।

विद्यालयका प्रधानध्यापक शिवा पोखरेलले यस क्षेत्रका गरिब परिवारबाट यस विद्यालयमा पढ्न आउँने भएकाले विद्यार्थीलाई न्यानो कपडाले ठुलो राहात पुराएको बताउनुभयो । यस विद्यालयमा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष र शिक्षक समेत महिला रहेका छन । कार्यक्रममा अशोक कुँवर , अर्जुन कुवर लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, पुष १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij