JanataToday.com

Advertisment

SKIP THIS

उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह

उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह

काठमाडौं ।
सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजबादको सारथी बन्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले आग्रह गनृभएको छ।
आज काठमाडौंमा राष्ट्रिय सहकारी बैंकको आयोजनामा भइरहेको ‘को–अपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा बोल्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिभएको हो ।
मन्त्री अर्यालले भन्नुभयो ‘पूँजीको निर्माण बिना समाजबाद आउँदैन, त्यसैले सहकारीले पूँजी निर्माण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजबादको रेखा कोरिन्छ र सहकारीकर्मीले समाजबादको अभियन्ता भन्न पाउनुहुन्छ ।’
मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरुले काम गर्नुपर्ने बताउनुभयो । सरकारले सबै सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी आवश्यक कानुनको तर्जुमा गरिरहेको बताउँदै दिगो लक्ष्य हासिल गर्नका लागि बढीभन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभयो।
अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउदै सहकारी संस्थाहरु एकीकृत उत्पादनमा लाग्नुपर्ने उहाको जोड थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि त्यस्तो क्षेत्रमा लगानी गर्न सुझाब दिनुभयो।
समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई जनस्तरमा पुर्या्उने माध्यम सहकारी भएकोले सहकारीमा सुशासन र संगठनात्मक अबस्था मजबुद हुनुपर्छ । अब सहकारीको गफ र भाषण गरेर मात्र नपुग्नेम बताउँदै उहाले भन्नुभयो ‘गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ ।’
मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताउनुभयो । ‘सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौ’, उहाले भन्नुभयो । सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो ।
मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : बुधबार, पुष २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij