JanataToday.com

Advertisment

SKIP THIS

बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने

बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने

निरा गौतम

रुपन्देही ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ । ‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते आयोजना गरिने महोत्सवमा नेपाली, चिनियाँ, थाई, इटालेली, जापानीलगायतका विभिन्न देशका खानाका परिकार राखिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनभयो ।
महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग रहेकाले विशेष तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित यस वर्षको सडक खाना महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य बनाउने गरी तयारी गरेका छौँ”, उहाले भन्नुभयो ।
लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको सङ्घका महासचिव लीलामणि शर्माले बताउनभयो । “आन्तरिक पर्यटनको दृष्टिले लुम्बिनी धेरै आन्तरिक पर्यटकले भ्रमण गर्ने स्थल हो, यहाँ आन्तरिक र बाह्य पर्यटकलाई अझै बढी आकर्षित गर्न यो कार्यक्रम बनाएका हौँ” महासचिव शर्माले भन्नभयो ।
महोत्सवमा १०० वटा खानाका कक्ष रहने उहाले बताउनुभयो । स्थानीय खानाका परिकारका छुट्टै कक्ष राखिने सङ्घका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो । सो अवसरमा स्थानीय विराहा नाच, विभिन्न जातिको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ ।
महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न देशको परिकारको मज्जा लिन र लुम्बिनीको संस्कृति हेर्न सक्ने महोत्सवका संयोजक तथा सङ्घका सल्लाहकार हेमबहादुर विष्टले बताउनुभयो । “लुम्बिनीको स्थानीय खानाको परिकारलाई ब्राण्डिङ गर्ने तयारी गरेका छौ उनले भने, “बुद्धको समयदेखि नै दूधका परिकार प्रचलनमा रहेकाले केही परिकारलाई ‘ब्राण्डिङ’ गछौ ।”
रासस

प्रकाशित मिति : बुधबार, पुष २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij