JanataToday.com

Advertisment

SKIP THIS

थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु

थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु

prohibited.

काठमाडौं,

थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु गरिएको छ । बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन एस ए एण्ड एम फेशन रनवे’ थाइल्याण्ड इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रि किड्स, किड्स, प्रि टिन र टिनहरुको छनोट सुरु गरेको हो । यसका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएको इभेन्ट अर्गनाइजर फाउण्डर कमल निकोन क्षेत्रीले जानकारी गराउनुभयो । उनका अनुसार काठमाडौं, भक्तपुर, इटहरी, धरान, विराटनगर, पोखराबाट ३५ जना छनोट गरिने छ ।
ओपेरा रेष्ट्रो एण्ड ब्यानक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वल्र्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजु निर्णयक रहेका थिए भने अतिथिहरुमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायतका रहेका थिए । छनोट चरणको कार्यक्रममा गायक प्रितम आचार्य र सुजन मार्फ तामाङले आ(आफ्नो प्रस्तुति दिनुभएको थियो ।
प्रतियोगिताको कोरियोग्राफरमा सुमन खड्का रहेकी छन् भने हेयर एण्ड मेकअप स्पर्श व्युटी इन्स्टिच्युट भक्तपुर रहेका छन् । आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने कमलले जानकारी गराउनुभयो । उनकाअनुसार प्रतिस्पर्धीहरुलाई ट्रेनिङको लागि थाइल्याण्ड बाटनै प्रशिक्षक आउनेछन् भने अन्तर्राष्ट्रिय मोडलसमेत सहभागी गराईने छ ।
सुपर मोडल, मेघा मोडल र फेशन मोडल जस्ता विभिन्न विधामा प्रतियोगिलाई सहभागी गराइने यो प्रतियोगिताका विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनुका साथै म्युजिक भिडियो, वेव सिरिज, डकुमेन्ट्री, फिल्म, विज्ञापनलागयतमा सहभागी गराईने कमल निकोन क्षेत्रीले बताउनुभयो । प्रतियागितामा ३।५ देखि १७ वर्ष उमेर समुहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् ।

प्रकाशित मिति : बुधबार, पुष २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij