JanataToday.com

Advertisment

SKIP THIS

रोटरी सैनामैनाद्धारा मृगौला पिडित पौडेललाई २ लाख ४२ हजार आर्थिक सहयोग

रोटरी सैनामैनाद्धारा मृगौला पिडित पौडेललाई २ लाख ४२ हजार आर्थिक सहयोग

बिस्नु खत्री
सैनामैना ।

स्वार्थ भन्दा माथि सेवा भन्ने उद्धेश्यले संचालित रोटरी क्लव अफ सैनामैनाले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ ।सैनामैना ३ मुर्गिया निवासी दुबै मृगौला पिडित ४० वर्षीय विष्णु पौडेललाई क्लवले घरमै पुगेर २ लाख ४२ हजार १० रुपैँया आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष प्रेम कुमार शर्माले जानकारी दिनुभयो । पौडेलको उपचारमा थोरै भएपनि आर्थिक सहयोग होस् भन्ने हेतुले सहयोग गरिएको अध्यक्ष शर्माको भनाई छ । पौडेल करिब ६÷७ वर्षदेखी मृगौला पिडित हुनुहुन्छ । पौडेलले २ वर्षदेखी मृगौलाको डायलासिस गराउँदै आउनुभएको छ ।
सो अवसरमा बोल्दै रोटरी नेपाल जोन १६ एसिस्टेन्ट गभर्नर इन्द्र रिसालले क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै मृगौला पिडित परिवारलाई सहयोग गरेर समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो । रिसालले आर्थिक सहयोगले पिडितलाई केही राहत मिलेको बताउँदै मानवीय कार्यमा सबै जोडिनुपर्ने बताउनुभयो ।आर्थिक अवस्था न्युन भएका र पैसाको अभाव भएर उपचारमा समस्या भएका परिवारका लािग रोटरीले विगतका दिन पनि सहयोग गर्दै आईरहेको क्लवका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले बताउनुभयो । मानवीय सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसात् गर्दै आगामी दिनमा सक्दो सहयोग गर्ने पौडेलले प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रम रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षता, रोटरी नेपाल जोन १६ का एसिस्टेन्ट गभर्नर इन्द्र रिसालको प्रमुख आतिथ्यता, क्लवका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलको विशिष्ठ आतिथ्यता तथा बाग्लुङ काठमाण्डौ सम्पर्क समाजका संयोजक गोपाल गिरीको आतिथ्यतामा सम्पन्न भएको हो । क्लवका सचिव अशोक रानाको संचालनमा सम्पन्न कार्यक्रममा रोटरी क्लव अफ सैनामैनाका कार्यसमिती पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, पुष २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij