रुपन्देही
नबजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उदेश्यले लुम्बिनी प्रादेशीक अस्पतालमा अभिमुखिकरण कार्यक्रम गरिएको छ।गोल्डेन कम्युनिटीको आयोजनामा सुसार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो।अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले प्रसुती सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।
मन्त्री बरालले बर्थिङ सेन्टरहरुको विस्तार, औजार, उपकरण वितरण तथा दक्ष प्रसुतिकर्मी उत्पादनमा आवश्यक बजेट विनियोजन सामाजीक बिकास मन्त्रालयले गरेको बताउनुभयो ।
उहाले प्रदेशका प्रसुती सेवालाई प्रभावकारी बनाउनका यसै बर्ष ४ सय नर्सहरुलाई एसबिए तालिम दिने बताउनुभयो । मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश रेफरल सेन्टरको रुपमा बिकास गर्ने तरिकाले सबै जिल्ला अस्पतालमा आईसियु सेवा संञ्चालको तयारी गरेको बताउनुभयो ।
सबै जिल्लामा आबश्यक आईसियु भए यहा धेरै आउदैनन आबश्यक रेफरल गर्नुपर्ने मात्र आउने भएकोले आईसियु सुरु गर्ने तयारी भएको बताउनुभयो ।
मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले गौरबको आयोजनामा समाबेस गरेकोले यस्को आबश्यक भौतीक संरचना देखी सबैको ब्यबस्थापन गर्ने बताउनुभयो अहिले प्रसुती सेवाको लागी ठाउको अभाब भैरहेको ले आम्दा अस्पताललाई प्रदेशमा ल्याउनको लागी छफलफ भैरहेको र आम्दा आईसेकपछि प्रसुती सेवा त्यहि संञ्चालन गर्ने बताउनुभयो । त्यहा आबश्यक आईसीयु एनाईसियु र सिसीयु सबै त्यहा बनाएर सुरक्षित प्रसुती सेवादिने ब्यबस्था मिलाउने बताउनुभयो ।
लुम्विनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले ठाउको अभाब भएपनि अस्पतालमा ब्यबस्थापन गरेको बताउनुभयो ।आफु भरखरै आएकोले अध्यन गर्देरहेको बताउदै डा खनालले भने अस्पतालबाट दिने सेवालाई कुनैपनि कमिहुन नदिने बताउनुभयो।
अभिमुखीकरण कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका बालरोग प्रमुख डा नेत्र रानाले अस्पताल नबजात शिशुको अबस्था दैनीक कति आउने कसरी ब्यबस्थापन र उपचार लगायका बिषयमा जानकारी गराउनुभएको थियो । गोल्डेन कम्युनिटी पलानिड म्यानेजर हनी मल्लले यो कार्यक्रम ४ प्रदेश र ३ केन्द्रिय अस्पतालमा सुरु हुने बताईन। प्रदेश नं ५मा भने यो कार्यक्रम लागुहुने मल्लले बताउनुभयो ।
कार्यक्रममा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपीकृष्ण खनाल,स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी स्वास्थ्यमहाशाखा प्रमुख डा उमासंकरण प्रसाद चौधरी गोल्डेन कम्युनिटी पलानिड म्यानेजर हनी मल्ल कार्यक्रम ब्यबस्थापक रेजीना गुरुड ,लुम्बिनी प्रादेशीक अस्पतका स्त्रीरोग प्रमुख डा श्रीधर आर्चाय,डा भक्त राबत अस्पतालका नर्सिड बिभाग प्रमुख लगायतको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा नबजात शिशुसंग सम्बधीत सेवा तत्पर्ता उपलब्धता सेवाको गुणस्तरता पहिचाहन समस्या पहिचान प्राथामिकरण तथा कार्ययोजनामा छलफल भएको थियो । कार्यक्रमको संञ्चालन नर्सिड अधिकृत ज्योती पौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति : बुधबार, पुष २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्