काठमाडौँ ।
अर्थमन्त्री डा .युवराज खतिवडाले विकास निर्माणका लागि आवस्यक समाग्री अभाव हुदै गएको बताउनुभएको छ । उहाँले ठूला आयोजना चाहिले आवस्यक नदिजन्य सामग्रीको अभाव नदिबाट मात्रै पुरा नहुने भन्दै यसका लागि पहाड फोर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
आजको अर्थ समितिको बैठकमा विकासे मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो समस्या रहेको बतापछि खतिवडाले अब पहाड फोरेर सामग्री निकाल्नुपर्ने अवस्था आएको बताउनुभयो ।
मन्त्री खतिवडाले सरकारले एकै पटक यति धेरै निर्माणका काम सुरु गरेको र त्यसको आपूर्ति गर्न असहज भएकाले ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल्वे परियोजनाका धेरै काम अगाडि बढ्ने क्रममा रहेको भन्दै अब निर्माण सामग्री आपूर्तिका लागि पहाड फोर्ने कुरामा संसदबाट पनि सहयोग चाहिने बताउनुभयो ।
आयोजनालाई प्राथमिकीकरण गर्न नसक्दा बजेट खर्च कमजोर रहेको स्वीकार गर्दै सरकार अर्थतन्त्रको संरचनामै परिवर्तन गर्ने क्रममा रहेका कारण त्यसको साइड इफेक्ट अर्थतन्त्रमा देखिएको बताउनुभयो ।
उहाँले निर्यात वृद्धि गर्दै आयातमुखी अर्थतन्त्रबाट नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढ्ने क्रममा रहेका कारण अहिले केही समस्या देखिएको र आर्थिक वर्षको पहिलो ५ महिना सकिँदा ९ प्रतिशत मात्र पुँजीगत खर्च रहेको समितिलाई जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्