JanataToday.com

Advertisment

SKIP THIS

प्रदेशका दलित र सिमान्तकृत समुदाय भूमिहिन हुदैनन : मन्त्री पौडेल

प्रदेशका दलित र सिमान्तकृत समुदाय भूमिहिन हुदैनन : मन्त्री पौडेल

बुटवल/ जनता टुडे

प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भूमि सम्बन्धी ऐनमा दलित तथा सिमान्तकृत समुदायको समस्या सम्बोधन गर्ने बताउनुभएको छ ।
मन्त्री पौडेलले संवैधानिक र कानुनी रूपमा भूमिहीन दलितलाई जीविको पार्जनका लागि पुग्ने गरि न्यायोचित रूपमा आवासविहीन दलितका लागि राज्यले बसोवासको  छिट्टै व्यवस्था गर्ने बताउनुभयो । उहाँले प्रदेशका दलित र सिमान्तकृत समुदायलाई भूमिहिन हुन नदिने समेत बताउनुभयो ।

जागरण मिडिया सेन्टरले विहिबार बुटवलमा आयोजना गरेको प्रदेश ५ को भूमिमा दलित तथा सिमान्तकृत समुदायको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संघीय सरकारले निर्माण गरेको भूमि सम्बन्धी ऐन संसदबाट प्रमाणिकरण हुन नसक्दा प्रदेश सरकारले ऐन बनाउन ढिलाइ भएको बताउनु भयो

कार्यक्रममा प्रदेश न .५ का सांसद भोज प्रसाद श्रेष्ठले संघीय सरकारले भूमि निति ल्याइसकेकाले अब आयोग गठन गरेर भूमिहिनको समस्या सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश र राष्टको सम्मानको निम्ती दलित समुदायलाइ भुमिको ब्यबस्था गर्नु पर्ने बताउनुभयो साथै उहाले भुमिहिन दलितलाइ भुमिमा अधिकार भएपछि मात्र नमुना प्रदेश हुनेमा जोड दिनुभयो ।

त्यस्तै अर्का सांसद कमलादेवी विश्वकर्माले दलित समुदाय हरेक क्षेत्र बाट पछि पारिएको हुदा यस बिषयमा सामाजिक बहस हुन जरुरी रहेको बताउनुभयो । उहाले दलित समुदायभूमिको पहुँचबाट टाढा रहेकाले यस बिषयमा सरकारले कानुन ल्याएपछि आफूहरुले सदनमा गंभिर छलफल गर्ने बताउनुभयो ।

यसैगरि  प्रदेश सांसद दीपा विश्वकर्माले दलित र भुमिहिनहरुको बिभिन्न समस्या रहेकोले तिन तहका सरकारले भुमिका खेल्नु पर्ने बताउनुभयो उहाँले बर्षोदेखि विभिन्न सामाजिक विभेद भोग्दै भूमिबाट समेत बञ्चित भएका र भुमिहिनहरुका समस्या समाधानको लागि भूमि ऐनमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले संबिधानमानै दलित समुदायको भुमि सम्बन्धी हक समाबेस भएको हुदा यसको कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका संरक्षक ल्याम दर्जीले कार्यपत्र प्रस्तुत गर्दै गुठी, गाउँब्लक, मोही, सुकुम्बासी, अव्यवस्थित बसोबास, बाढीपिडित, निकुञ्ज पिडित, साना किसान भूमिहिन र पुर्नवासका जस्ता समस्या रहेको बताउनुभयो । उहाँले पहाडी भन्दा तराई दलितहरु भूमिहिनको ठूलो समस्यामा रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एचवि रम्तेल, दलित नेता जुद्ध विश्वकर्मा, पदम विश्वकर्मा, हरिओम विश्वकर्मा, बुटवल उपमहानगरका जनप्रतिनिधि विरमान लामा, वडा न. १७ का एमकलि सुनार, अल्पसंख्यक अधिकारकर्मी आनिक राना, लालु खनाल,लगायतले बोल्दै  दलित र सिमान्तकृत समुदाय भूमिहिन भएकोले भूमिको ब्यबस्थापन हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रम संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका उपाध्यक्ष कमला विश्वकर्माको अध्यक्षता र रेडियो जागरणका स्टेसन म्यानेजर विनोद परियारको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij