JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनीमा लगानी भित्र्याउन बुटवलमा मेला गरीदै

लुम्बिनीमा लगानी भित्र्याउन बुटवलमा मेला गरीदै

तयारी अन्तिम चरणमा

जनता टुडे /बुटवल

बुद्ध जन्मस्थल लुम्बिनीको औधोगिक व्यवसायिक तथा पर्यटकीय विकासकालागि लगानी भित्र्याउन महत्वपुर्ण भुमीका खेल्ने उद्येस्यले बुटवलमा आयोजना गर्न लागीएको औधोगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘लगानी लुम्बिनीमा सम्बृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । यहि पौष ९ गतेदेखि २३ गते सम्म बुटवल उपमहानगरपालिका ११ स्थित देवीनगरमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो । मेला स्थलमा अहिले स्टल, गेट तथा अन्य संरचना निर्माणको काम धमाधाम भइरहेको छ ।
स्वदेशी उत्पादन प्रति उपभोक्तालाइ जागरुक बनाँउदै औधोगिक चेतना बृद्धि गर्न र स्थानीय उत्पादको बजार प्रबद्र्धनका लागि मेलाले उत्पादक र उपभोक्ता बिच पुलको काम गर्ने कार्य सम्पादन मुल समितिका संयोजक समेत रहनु भएका हमालले जानकारी दिनु भयो । जसका लागि औधोगिक तथा पर्यटकिय सुचना केन्द्रको स्थापना गरी स्वदेशी उत्पादन तथा गुणस्तरका बारेमा उपभोक्तालाइ जानकारी दिने तथा उपभोक्ताको आवश्यकता र चाहाना अनुसारको बस्तु उत्पादनका लागि सुझाव सकंलन गर्ने व्यवस्था मिलाइने छ ।

नेपाल भ्रमण बर्षको पुव सन्ध्यामा हुन लागेको मेला मार्फत भ्रमण बर्षबारे व्यापक प्रचार प्रसार गरीने उहाँले बताउनु भयो । मेलामा बुद्ध जन्मस्थल लुम्बिनी,ऐतिहासिक जितगढी किल्ला तथा प्रदेशका बिभिन्न जिल्लाका पर्यटकीय क्षेत्रको प्रबद्र्धन तथा प्रचार प्रसाकालागि प्रतिकात्मक संरचना सहित जानकारी उपलब्ध गराइने छ ।
मेलामा पुरानो बटौलीको मौलिक र ऐतिहासिक पहिचान फर्काउने सम्बन्धमा बहस छलफल चलाइ बटौलीलाइ ऐतिहासिक शहरकै रुपमा विकास गर्न आधार तयार गरीने बताइएको छ । निर्यातजन्य उद्योगको सम्भाव्यताको खोजी गर्न मेला सहयोगी बन्ने अध्यक्ष हमालले दावी गर्नु भयो । उद्यमशीलताको विकासबाट नयाँ औधोगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसर सृजना गर्न त्यस सम्बन्धि बिभिन्न कार्यक्रमहरु गरीने संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो ।
मेलामा ५ सय स्टल रहनेछन । औधोगिक उत्पादन,घरेलु तथा कुटिर उद्योगका उत्पादन, अटो,कृषि, सुचना प्रविधि, फनिचर तथा फर्निसिङ्गका पेवेलियन राखीने छ । पानीबाट चल्ने गाडी,हुन्डाइको सिमुलेशन सहितको प्रविधि,बिविद क्षेत्रका औजार तथा अत्याधुनिक उपकरण,कृषि प्रविधिहरु प्रदर्शन गरीने छ ।
स्वदेसी उत्पादनको बजार प्रवद्र्धनका साथै कृषि र पर्यटन क्षेत्रको अपार सम्भावनालाइ उजागर गरी स्वाधिन अर्थतन्त्र निमार्णमा टेवा पुर्याउनु महोत्सवको मुख्य उद्येस्य रहेको संघका अध्यक्ष हमालले बताउनु भयो । घरेलु उत्पादनको बजारिकरण, लगानीका क्षेत्रको पहिचान तथा कला संस्कृतिको सरंक्षण गर्दै औधोगिक, व्यवसायिक,कृषि र पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्नु महोत्सवको अर्को उद्येस्य हो ।

औधोगिक, बित्तिय तथा पर्यटकिय गोष्ठी, बिबिध सांस्कृतिक कार्यक्रमले मेलाको आकर्षण बढाउने महासचिव श्रेष्ठले बताउनु भयो । ५ लाख दर्शकले अवलोकन गर्ने मेलामा १५ कारोड बढीको कारोबार हुने अनुमान गरीएको प्रचार प्रसार समितिका संयोजक मुक्ति अधिकारीले बताउनु भयो । मेलामा ३५ जिल्लाका उत्पादित वस्तु तथा सेवाका स्टल रहने प्रचार संयोजक अधिकारीले जानकारी दिनु भयो । मेलामा बिक्रि भएको प्रत्येक टिकटबाट सामाजिक उत्तरदायित्व बहन गरि शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदकालागि ३ रुपैंया छुट्याईएको छ । मेलामा प्रवेशकालागि टिकटमा ६० रुपैंया शुल्क निर्धारण गरिएको छ । बिद्यार्थीकालागि ५० प्रतिशत छुट तथा जेष्ठ नागरिककालागि परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यबस्था मिलाईएको छ । संघले २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक प्रबद्र्धनात्मक औधोगिक प्रदर्शनीको आयोजना गरेको थियो । संघले यसपटक गर्न लागेको मेला २० औं संस्करण हो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले बुटवलमा हुने मेला जिल्लाकै गौरव भएकाले संचार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।मेलाको बुधबार सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले उद्घाटन गर्नुहुनेछ ।

प्रकाशित मिति : आइतबार, पुष ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij