भैरहवा /जनता टुडे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
सेवाग्राहीसगँ मुद्दाको धरौटी रकम फिर्ता गराउनमा सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका नासद्वय विनोद शर्मा र बुद्धिप्रकाश न्यौपानेलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिनुभयो।
भुषालका अनुसार सिद्धार्थनगर नगरपालिका ७ ९भैरहवा० स्थिती एक खाजाघरमा घुस लिदैगर्दा उनीहरुलाई पक्राउ गरिएको हो। नासुद्धय शर्मा र न्यौपानेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, पुष ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्