बुटवल
किसानका लागि उन्नत विउ विजन कार्यक्रम व्यवस्थापन कार्यलय बुटवलको आयोजानमा गोष्ठी तथा उत्कृष्ठ अनुदानग्राहीहरु सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ का किसानहरुको लागि सरकारले कृषि मिसन कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभएको छ । मन्त्री पौडेलले आयोजनाले निर्माण गरेको सर्कलको आधारमा प्रदेश ५ सरकारले पनि सोही मार्ग अपनाएर विकास गर्ने बताउनुभएको हो ।
मन्त्री पौडेलले केयुविकेले जस्तै प्रदेश सरकारले पनि सोही मोडलमा नै प्याज लसुन, सुन्तला कागती, बंगुर बाख्रा, मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भन्नुभयो–‘परियोजनाले निर्माण गरेको उत्पादकर्ता, उपभोक्ता, स्थानिय तह र किसानहरुको विचमा बनाएको चेनलाई नै फलो गरेर सोही अनुसारको कार्यक्रम अगाडी बढाउने प्रतिवद्धता समेत जनाउछौं कृषक पाठशाला सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको भन्दै मन्त्री पौडेलले जसको लागि परियोजनाबाट तयार भएका २ सय जना कृषक पाठशाला सहजकर्ताहरुलाई हरित स्वम सेवकको रुपमा पहिचालन गरिने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले परियोजना सकिएपनि सोही अनुसारको विकास र परियोजना निरन्तरता जस्तैगरी कार्य गर्नको लागि किसानहरुलाई आग्रह गरेका गर्नुभएको थियो । उहाँले परियोजना आएर किसानहरुको लाई एउटा मार्गनिर्देशन गर्ने जाने भन्दै यसलाई निरन्तरता दिनको लागि स्थानिय तह, किसानहरु नै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाले किसानले उत्पादन गरेको विउको आधार मुल्य तोक्ने काम सरकारले गर्ने भन्दै यसमा आन्तरिक खपतमा भने किसानहरु नै लाग्नुपर्नेमा जोड दिनभुयो । उहाँले भन्नुभयो –‘आन्तरिक खपतमा हामी के कती तयार भएका छौं, यसमा विशेष जोड गरी लाग्नुपर्ने हुन्छ । ’
कार्यक्रममा रोल्पा जिल्ला संमन्वय समितिका संयोजक राज बहादुर बुढा, गुल्मी जिल्ला जिल्ला संमन्वय समितिका संयोजक लक्ष्मण पराजुली, प्यूठान जिल्ला जिल्ला संमन्वय समितिका उप संयोजक पदम थापा, प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष केदार मान कक्षपती, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
किसानका लागि उन्नत विउ विजन कार्यक्रम का प्रोग्राम मेनेजर कौशल कुमार पौडेलले सन् २०१२ मा सुरु भई सन् २०१९ मा समापन भएको परियोजानले गरेको उपलब्धीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
७ बर्षमा ७५ वटा कृषि तथा पशुपालन सम्बन्धी सहकारी निर्माण गर्न केयुविके सफल भएको छ भने ७ वटा जिल्लामा ८२ हजार प्रति परिवारले आम्दानी गर्न सफल भएका छन् । परियोजानबाट १ अरर्व भन्दा बढि आम्दानी भएको छ भने ३ लाख ५० हजार विभिन्न तहका व्याक्तिहरु रोजगारमा सहभागी भएको तथ्यांक प्रस्तुत गरेका गर्नुभएको थियो । ७ बर्षमा केयुविकेले १२ वटा सेवा केन्द्र, २ वटा विउ प्रशोधन प्रयोगशाला, २ वटा खाद्य गोदाम, १४ वटा पशु सेवा केन्द्र र ८ वटा बाख्रा प्रजनन तथा संकलन केन्द्र निर्माण गरेको छ ।
सोही कार्यक्रममा प्रदेश ५ का कर्णालीका गरी ७ वटा जिल्लामा लागू भएको परियोजना अवधीभरका उत्कृष्ठ काम गर्ने किसान, कृषि समुह तथा सहकारीहरु २३जनालाई नगद सहित सम्मान गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्