बुटवल
होटल व्यवसायी महासंघ नेपालको हालै सम्पन्न महाधिवेशनवाट निर्वाचित अध्यक्ष सहितको टोलीलाई रुपन्देहीमा स्वागत तथा सम्मान गरिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले संस्थाका पुर्व महासचिव हिराध्वज शाह महासंघको केन्द्रिय अध्यक्ष, संघका निर्वमान अध्यक्ष मोदनाथ वेल्लवासे सह कोषाध्यक्ष र पुर्व सचिव लाल बहादुर केसी केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएकोमा स्वागत तथा सम्मान गरेको हो ।
सम्मान्न कार्यक्रममा वोल्दै नव निर्वाचित अध्यक्ष हिराध्वज शाहले महासंघले पुनरजन्म पाएको भन्दै अव व्यवसायीको भावना अनुसार काम गरिने धारणा राख्नु भयो ।
उहाँले चुनौतीलाई चिदैं अवसर र संभावनालाई सदुपयोग गरी महासंघलाई मुलुक भरीका व्यवसायीको छाता संस्थाका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष शाहले महासंघको अगुवाईमा मुलुकका सातै प्रदेशमा स्टार लेवलका रिर्सोट संचालन गर्नका लागि व्यवसायीहरुसंग सहकार्य गर्ने गरि अभियान संचालन गर्ने बताउनु भयो ।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष माधव नेपालले रुपन्देहीमा व्यवसाय संचालन गर्ने व्यक्ति महासंघको अध्यक्ष हुन गौरवको अनुभु्र्ति भएको छ भन्दै महासंघको अभियानमा संगै लाग्ने धारणा राख्नु भयो । महासंघलाई चुनौती संगै अवसर पनि रहेका छन भन्दै उहाँले अवसरलाई क्यास गर्न सक्नुनै महासंघ स्थापनाको उपादयता पुरा हुने धारणा राख्नु भयो ।
कार्यक्रममा महासंघका प्रदेश नम्बर पाँचका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, संघका अध्यक्ष समुन्द्र जिसी महासंघका नव निर्वाचित सहकोषाध्यक्ष मोदनाथ वेल्लवासे संघका महासचिव माधव कुमार खनाल लगायतले महासंघको नेतृत्व रुपन्देहीले पाउनुले संस्थाको गरिमा थप उच्चो भएको धारणा राख्नु भयो ।
प्रकाशित मिति : बुधबार, पुष ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्