JanataToday.com

Advertisment

SKIP THIS

कपिलवस्तुकि आरतीको दुवै मृगौला फेल, सहयोगको याचना

कपिलवस्तुकि आरतीको दुवै मृगौला फेल, सहयोगको याचना

 

कपिलवस्तु(जनता टुडे) कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ निवासी शिवम सुनारको श्रीमती बर्ष २५ कि आरती सुनारको दुवै मृगौला काम नलाग्ने भएको छ । आरतीलाई बचाउन उनको परिवारले सहयोगको याचना गरेका छन् । आरतीको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको आरतीका श्रीमान शिवम सुनारले बताए ।

परिवारीक अवस्था कामजोर रहेको आरतीको डेढ महिनादेखि काठमाण्डौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको शिवम सुनारले जानकारी दिन’ भयो । अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको छ । नाता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पु¥याएर औषधी उपचार गरिरहेको शिवमले बताए ।

उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि ८–९ लाख रुपैंयाँ जम्मा गर्न लगाए पनि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको गुनासो गरे ।  शिवमको बुवा भारतमा सामन्य काम गर्ने, आम घरको घरधन्धा गर्ने भएकोले रकम जुटउन मुस्कील भएको बताइएको छ ।

शिवमले आरतीलाई बचाउन एभरेष्ट बैंक कपिलवस्तु चन्द्रौटा शाखाको  खाता नम्बर ०४०१०५०४२००००८ मा रकम जम्मा गरेर सहयोग गर्न सबैसग अपिल गरेका छन । शिवमको सम्पर्क मोबाइल नम्बर ९८६७२९०९९८, ९८१४४५२०८९, ९८५७०५५४२७ रहेको छ ।

प्रकाशित मिति : बिहिबार, पुष १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij