JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमाले मध्यावधि समीक्षा कार्यक्रम गर्ने

तिलोत्तमाले मध्यावधि समीक्षा कार्यक्रम गर्ने

बुटवल,  (जनता टुडे)

तिलोत्तमा नगरपालिकाले हालसम्म गरिएका आफ्ना कामको समीक्षा गर्नेभएको छ । यही पौष २१ गते एक कार्यक्रमको आयोजना गरी हालसम्म भएका कामकारवाहीको मध्यावधि समीक्षा गरिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

नगरपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले जनप्रतिनिधि आइसकेपछिका साढे दुइ बर्षमा भएका कामहरुको समीक्षा गर्ने निर्णय गरेको हो । बैठकले बिभिन्न समितिहरु पनि गठन गरेको छ । नगर प्रमुख बासुदेब घिमिरेको अध्यक्षता भएको बैठकमा नगरपालिका प्रमुख बासुदेब घिमिरेको  संयोजकत्वमा नगर बिकास समिति गठन गरिएको छ । समितिको सदस्यमा उपप्रमुख जागेश्वरी चौधरी, लक्ष्मण खनाल, दधिराम गौतम, सरिता श्रीस रहनुभएको छ ।
त्यस्तै बैठकले खेलकुद बिकास समिति पनि गठन गरेको छ । यसको संयोजकमा राजेन्द्र गुरुङ तथा सदस्यहरुमा मिलन राना, प्रेम घर्ती मगर, लोक पुन, मित्रलाल न्यौपाने, किशोर पन्थी, केशब चौधरी र दिलु थापा लगायत रहनुभएको छ । यसको सदस्य सचिबमा शिक्षा शाखाका अधिकृत रहने ब्यबस्था रहेको छ ।बैठकले खुल्ला पोलिथिनमुक्त नगर घोषणा तथा पुर्ण सरसफाइ मुक्त नगरपालिका घोषणा, बालमैत्री स्थानिय शासन नगर घोषणा, भगिनी सम्बन्ध, नदिजन्य पदार्थको न्युनतम दररेट तथा कार्ययोजना लगायतका विषयमा छलफल गरी विभिन्न निर्णय लिएको छ ।

बैठकले आवश्यकता अनुसार स्थानीय तहमा नगर विकास समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले गुल्मीको मुसिकोट नगरपालिका संग भगिनी सम्बन्ध कायम गर्ने निर्णय गरेको छ । नगरलाई पूर्ण सरसफाईयुक्त र पोलिथिनमुक्त नगर बनाउन विभिन्न कार्यक्रम गर्ने निर्णय पनि लिएको नगर प्रमुख घिमिरेले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम आयोजना,नगरसभाको मिति,आर्थिक बर्ष ०७७/७८को संघिय समपुरक र बिशेष अनुदान कार्यक्रम, योजना छनोट, कर संकलन परिचालन लगायतका विषयमा बैठकले विभिन्न निर्णय लिएको प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, पुष १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij