JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही व्यापार संघमा सल्लाहाकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन

रुपन्देही व्यापार संघमा सल्लाहाकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन

बुटवल ।
रुपन्देही व्यापार संघको आज बसेको कार्य समितिको बैठकले सल्लाहाकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन गरेको छ ।
संघको कार्तिक २८ गते सम्पन्न १० औं अधिवेशनबाट निर्वाचित कार्य समितिको दोस्रो बैठकले सो निर्णय गरेको हो । संघका कार्यालय प्रमुख सरोज पोखरेलले दिएको जानकारी अनुसार बैठकले संघको कार्यसमिति सदस्यहरुमा प्रेमनाथ पाण्डे, कृष्णप्रसाद अर्याल, केशव खनाल, मिलन सुनार र राजेन्द्र ढकाललाई मनोनयन गरेको छ । मानार्थ सदस्यमा बैकुण्ठ कोइरालालाई मनोनयन गरिएको छ ।
यसैगरि सल्लाहाकारमा जोगलाल विक, खेमराज पुन, ऋषि बहादुर भण्डारी, डा। रोहितराज क्षेत्री, माधव नेपाल, तुल्सीराम बञ्जाडे, सूर्यबहादुर भट्टराई, कृष्ण प्रसाद पाण्डे, आनन्द प्रसाद रेग्मी, बालाराम भट्टरााई, सुरज पाण्डे, रणबहादुर खनाल र समुन्द्र जीसीलाई मनोनयन गरिएको छ ।
बैठकले संघको आर्थिक सल्लाहाकारमा लम्बिनी बाणिज्य क्याम्पसमा प्रमुख डा .ताराप्रसाद उपाध्याय, प्राविधिक सल्लाहाकारमा बुटवल उपमहानगरपालिकाका इन्जिनियर ज्ञानप्रसाद अर्याल, प्रेस सल्लाहाकारमा सुमन अधिकारी र कानुनी सल्लाहाकारमा कमल बस्याललाई मनोनयन गरेको महासचिव दयानिधि भण्डारीले बताउनुयो ।
बैठकले बुटवलस्थित गौतमबुद्ध सामुदायिक स्वाश्थ्य संस्था मुटु अस्पतालको संस्थागत सदस्यता लिने तथा संघको आगामी कार्यकालको रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठि यही पुष १९, २० र २१ गते गर्ने निर्णय गरेको छ । कार्यक्रम पर्यटकिय क्षेत्र घले गाउ कास्कीमा गर्ने तय भएको छ ।
संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको बैठकमा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेले गर्नुभएको थियो भने भने निर्वतमान अध्यक्ष पदम प्रसाद श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij