रुपन्देही ।
बेलहिया–बुटवल सडकमा पर्ने भलवारिमा दुर्घटना हुदा एक महिलाको मृत्यु भएकोछ । भलवारी चोकमा लु १ ख ६४१६ नम्बरको तेल बोक्ने टयाङकरले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
भलवारीस्थित नेपाल आयल निगमको डिपोबाट तेल खाली गरी निस्किदै गरेको उक्त ट्याङकरले पश्चिम तर्फबाट आउदै गरेको साइकलमा २ जनालाई ठक्कर दिँदा तिलोत्तमा ७ समावेशी टोल बस्ने १६ वर्षिया रश्मी न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ। साइकलमै सवार सोही स्थानकै वर्ष ३१ की भोजकुमारी केसी गम्भीर घाइते भएकी छन्।
केसीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काडमाडौ रिफर गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो।
ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, पुष १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्