मानवसेवा आश्रम ५ नं प्रदेश शाखामा नेपाल महिला संघ रुपन्देहीले प्रसाद वितरण गरेको छ।नेपाल महिला सघका जिल्ला सदस्य स्व. लक्ष्मी उपाध्यायको ४५ दिनको पुण्य तिथिमा प्रसाद वितरण गरेको हो ।स्व. लक्ष्मी उपाध्याय नेपाली कांग्रेस सक्रिय सदस्य भई काम गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै नेपाली कांग्रेस सभापति अब्दुल रज्जाकले नेपाली कांग्रेस जहा दुख्छ त्यहा पुग्छ भन्ने नाराका साथ दिन दुखिलाई सेवा गर्नुनै मानव सेवा धर्म हुने बताउनुभयो।
कुनै मन्दिरमा पुजा गरेर धर्म हुने होईन सेवानै धर्म हो नेपाली कांग्रेस सबै धर्मवलम्विहरुलाई सम्मान गर्दछ मानवता पुण्यको लागि दिन दुखिहरुलाई सेवा गर्ने पार्टी नेपाली कांग्रेस मात्र रहेको बताउनुभयो।

यसै अवसरमा नेपाली कांग्रेस जिल्ला सचिव राम कृष्ण खाण,क्षेत्रिय सभापति हरि लम्साल, जिल्ला सदस्य माया गौतम, शान्ति समाज केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल ,बुटवल वडा नं ४ का सभापति अरुण श्रेष्ठ,महिला संघका जिल्ला सदस्य लगाएतको उपस्थिति रहेको थियो ।
महिला संघ जिल्ला सभापति गंगा शाहीको अध्यक्षतामा प्रसाद वितरण कार्यक्रम भएको हो।
प्रकाशित मिति : शुक्रबार, पुष ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्