JanataToday.com

Advertisment

SKIP THIS

मेलामा शेयर बजार सम्बन्धि अन्तरक्रिया, जलविद्युतमा लगानी नीति नहुँदा लगानीकर्ता अन्यौलमा

मेलामा शेयर बजार सम्बन्धि अन्तरक्रिया, जलविद्युतमा लगानी नीति नहुँदा लगानीकर्ता अन्यौलमा

 

बुटवल,।
कुनैवेला आकासिएको जलविद्युत (हाईड्रो पावर)को लगानी बिस्तारै खुम्चिँदै गएको छ । जलविद्युतमा लगानी सम्बन्धि नीति पनि नबनेको र त्यसको मोडालिटी समेत नभएका कारण जलविद्युतको लगानी अन्यौलमा भएको हो । जलविद्युतमा लगानी सम्बन्धि नीति नभएको र माडालिटी समेत नबनेका कारण लगानीकर्तामा अन्यौल देखिएको नेपाल धितोपत्र बोर्डका निर्देशक नारायणप्रसाद शर्माले बताउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा सञ्चालन गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को सन्दर्भमा शनिबार संघको सचिवालय बालमन्दिरमा आयोजना गरिएको ‘पुँजीबजार सम्बन्धि सचेतना तथा अन्तरक्रिया’ कार्यक्रममा बोर्डका निर्देशक शर्माले त्यसैका कारण १६ वटा जलविद्युत कम्पनीको शेयर सय भन्दा तल झरेको जानकारी गराउनु भयो ।

नेपाल धितोपत्र बोडको सहकार्यमा भएको कार्यक्रममा उहाँले शेयर बजारमा भएको लगानीले पुँजी पलायनलाई रोक्ने र उक्त रकम नेपालमै लगानी समेत हुने भएकाले शेयरमा हुने लगानी मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै कम्पनीको मार्केट बुझेर मात्रै लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

निर्देशक शर्माले शेयर मार्केटलाई समावेशी बनाउनकालागि लिईएको १० कित्ते नीतिले शेयरमा लगानी गर्न चाहनेहरु सबैको हातमा शेयर पुगेपनि वेच्नकालागि समस्या भएको उल्लेख गर्नुभयो । यद्यपी शेयर मार्केटमा राम्रो मानिएको १० कित्ते समावेशी नीतिमा ठूला लगानीकर्ताहरु खुसी हुन भने सकेका छैनन् ।

शेयरमा लगानी गर्दा नेट वर्थ, प्रति शेयर आम्दानी, मुल्य, कम्पनीका सञ्चालकहरुको गुडवील लगायतका कुराहरुलाई हेर्न पनि उहाँले सुझाव दिनुभयो । नेपालमा अर्थमन्त्री परिवर्तन, मन्त्रीका अभिव्यक्तिले समेत शेयर मार्केटमा उतार चढाव आउने गरेको बताउँदै वास्तवमै शेयर मार्केटमा त्यस्ता कुराले कुनै असर नगर्ने उल्लेख गर्नुभयो । गत आर्थिक वर्षदेखि अनलाईनबाटै शेयर खरिद बिक्रि गर्न सकिने व्यबस्था मिलाएकाले त्यसमा समेत गहिरो अध्ययन गरेर लगानी गर्न उहाँले सुझाव दिनुभयो । डब्लु.ए.सी.सी. पेन्डीङ् हुँदा शेयर बिक्रिमा समस्या भयो भन्ने सहभागिको जिज्ञाशामा उहाँले कम्पनी तथा नेप्से कसैले पनि रिक्स लिन नचाहेकाले त्यस्तो भएकाले हुन सक्ने भएकाले आफैले डिक्लियर गरेर जानुपर्ने सुझाव दिनुभयो । सहभागिको जिज्ञाशामा उहाँले डेरीभेटिभ मार्केटलाई दर्ता आह्वान मात्रै गरिएकाले अहिलेसम्म सूचिकृत नभएको जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार जीवनप्रसाद ओझाले शेयरमा लगानी गर्न चाहनेले लगानी सुरक्षाकालागि कम्पनी, त्यसको कारोवार, अवस्था सबै कुरा बुझेर मात्रै लगानी गर्नुपर्ने सुझाव राख्नुभयो । उहाँले प्रदेश पाँचको राजधानी समेत रहेको बुटवलको औद्योगिक बिकास र कारोवार पनि बढी भएकाले शेयरमा लगानी सम्भावना पनि रहेकाले शेयर कारोवार सम्बन्धि जनचेतामुलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न धितोपत्र बोर्डलाई पनि आग्रह गर्नुभयो ।

संघका उद्योग उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका उपसंयोजक अनिलप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शेयर मार्केटमा भएका सम्भावना, चुनौती र अवसरका बारेमा जिज्ञासा सहित त्यसका सवल र दुर्वल पक्षका बारेमा जानकारी लिएका थिए । त्यस अवसरमा शेयर ब्रोकर आर्यतारा ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटी कम्पनीका टेकराज भट्टराईले शेयर लगानीकर्ताहरुलाई कुनै अन्यौल भएमा आफूहरु सुझाव सल्लाहको लागि तयार रहेको जानकारी गराउनु भयो ।

त्यस अवसरमा तालिम तथा गोष्ठि अन्तरक्रिया कार्यक्रम व्यबस्थापन एवं पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक संजय कलवार जयशवालले मेलाका माध्यमबाट संघले लिएको उद्देश्य अनुसार यस क्षेत्रको सम्भावना केलाउनकालागि सम्भावित क्षेत्रमा अन्तरक्रिया तथा गोष्ठि आयोजना गरिएको जानकारी गराउनु भयो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालित मेलाका अवसरमा संघले यस बाहेक आगामी १७ गते बिहिबार बिहान ‘नयाँ सम्भावनाको पर्खाइमा बटौली’, १९ गते शुक्रबार बिहान ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ः सम्भावना र चुनौती’, र २१ गते सोमबार ‘नयाँ बुटवलको आधार ः सुन्दर र व्यबस्थित बजार’ बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी गराउनु भयो । कार्यक्रम गोविन्द पाण्डेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij