JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु,

बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु,

बुटवलमा मनोरञ्नात्मक खाना पार्क निर्माण गरौं:मुख्य मन्त्री पोखरेल

 

 

बुटवल,(जनता टुडे) –बुटवलमा दोस्रोे सडक खाना महोत्सव आजदेखि शुरु भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरिएको हो । महोत्सवको प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले उदघाटन गर्नु भयो ।


कार्यक्रमका बोल्दै मुख्य मन्त्री पोखरेलले बुटवललाई पर्यटकीय हव वनाउने हो भने परम्परागत शैलीमा परिवर्तन गरि नयाँ स्वाद र पृथक आनन्दको अनुभुति दिलाउन सक्नु पर्ने बताउनु भयो ।त्यसकालागि बुटवलमा मनोरञ्जनात्मक खाना पार्क निर्माण गर्नु पर्ने पनि उहाँले बताउनु भयो । पर्यटन व्यवसायको प्रबद्र्धनकालागि सातामा एक दिन सपरिवार होटलमा खाना खाने परीपाटीको सुरुवात गर्न सकिने पनि मुख्य मन्त्रीले बताउनु भयो । हप्तामा एक दिन होटलमा खान जाँदा महिलाहरुले एकदिन भएपनि भान्साको कामबाट फुर्सद पाउने र होटल व्यवसाय पनि चल्ने उहाँको भनाइ थियो ।
प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरिले पर्यटन क्षेत्रमा ढुक्कसंग लगानी गर्न व्यवसायीलाई आग्रह गर्दै बुटवललाई २४ औ घण्टा उज्यालो शहरका रुपमा विकास गरीने बताउनु भयो । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, होटल व्यवसायी महासंघका अध्यक्ष हिरा ध्वज शाह, र प्रदेशका अध्यक्ष भास्कर काफले लगायतले बोल्नु भएको थियो ।


महोत्सवमा सुजाता खीर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गर्दै अतिथिहरुलाइ खुवाइएको थियो ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ पुस १६ गतेसम्म संचालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका छन्


वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकको दायाबांया सडक खाना महोत्सव स्थल खानाका परिकारले सजिएको छ ।सडक खाना महोत्सवमा जातिगत रुपमा थारु , मगर ,थकाली, गुरुङ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईने भएकाले यसक्षेत्रको रौनक नै पृथक बनेको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज,जापानिज,इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।


तिन दिन सम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनु भयो ।महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक कार्यक्रम समेत रहनेछ

प्रकाशित मिति : सोमबार, पुष १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij