JanataToday.com

Advertisment

SKIP THIS

सुन्तला जोन गुल्मीको उद्यमशिलता तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

सुन्तला जोन गुल्मीको उद्यमशिलता तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

गुल्मी ,(जनता टुडे) –प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई(सुन्तला जोन गु्ल्मीको आ.ब.०७६/७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत उद्यमशिलता तथा क्षमता अभिवृध्दि स्थलगत तालिम आज चन्द्रकोट गाउपालिका वडा नं.६, हर्रेवामा सम्पन्न भएको छ ।

उक्त तालिम दसौ तालिम रहेको र त्यस अघि सुन्तला जोनको क्षेत्र भित्रका विभिन्न ९ वटा स्थानहरु छत्रकोट गाउपालिका वडा नं.तिनको लुम्छा,काभ्रे र श्रङ्गा, धुर्कोट गाउपालिका वडा नं.५ को नयागाउ, रेसुङ्गा नगरपालिका वडा नं.५ भुवनपानी, वडा नं.६ बालकाटे, कालिगण्डकी गाउपालिका वडा नं.तिन जयखानी लमश्राङ्ग इत्यादि गरि ९ वटा स्थानमा सम्पन्न भइसकेको र दस वटै तालिम गरि जम्मा  दुइ सय ६५ जना सुन्तला व्यवसायी किसानको सहभगिता रहेको तालिम संयोजक ना.प्रा.स मधुकृष्ण कंडेलले जानकारी दिनुभयो ।

उक्त तालिमको सहजिकरण परियोजनाका कृषि अधिकृत समिर सिँह बराइ मगर, ना.प्रा.स. जयहिन्द्र हरिजन, सुन्तला जोनका सामाजिक परिचालक कविर पन्थीले गर्नु भएको थियो । सुन्तला जोनमा हाल सम्म जम्मा १७५ वटा कृषक समुह,कृषि सहकाही तथा फर्महरु आबद्ध रहेको परियोजनाका कृषि अधिकृत समिरसिँह बराइ मगरले जानकारी दिनु भयो ।

प्रकाशित मिति : बुधबार, पुष १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij