रुपन्देही
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका दिन आज बुद्ध जन्मस्थल लुम्बिनीमा आएका पर्यटकहरुलाई स्वागत गरिएको छ ।लुम्बिनी विकास कोष तथा पर्यटन व्यवसायीले चाइना, भुटान तथा नेपालकै विभिन्न जिल्लाबाट आएका पर्यटकहरुलाई लुम्बिनीमा स्वागत गरिएको हो ।
पर्यटकहरुलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले पर्यटनको माध्यमबाट देशमा समृद्धि हासिल गर्न भ्रमण वर्ष शुभारम्भ गरिएका कारण यसलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो । “भ्रमण वर्ष शुभारम्भका दिन लुम्बिनी आउने पर्यटकहरुलाई मायादेवी मन्दिरमा निशुल्क प्रवेश दिइएको छ , पर्यटन प्रवद्र्धनका लागि वर्षभरि विभिन्न कार्यक्रम बनाएका छौ ।” उहाँले भन्नुभयो ।
पर्यटकहरुलाई स्वागत गर्दै पर्यटनसंग सम्बन्धित संघ संस्थाले छुटको घोषणा गरे । लुम्बिनी होटल संघका महासचिव लीलामणी शर्माले नेपाल भ्रमण वर्षमा लुम्बिनी आउने पर्यटकहरुलाई आवासमा १५ प्रतिशत छुट दिने घोषणा गर्नुभयो ।
लुम्बिनी महामाया रिक्सा चालक संघका अध्यक्ष नागेन्द्र गिरीले रिक्सामा लुम्बिनी घुम्न चाहाने पर्यटकहरुलाई १० प्रतिशत छुट दिने घोषणा गर्नुभयो । लुम्बिनी स्थानीय पथपर्दशक अध्यक्ष रञ्जित कुमार हलुवाईले पर्यटक गाइडमा २५ प्रतिशत छुट दिने बताउनुभयो । भ्रमण वर्षका लागि महोत्तरीको मनरा नगरापलिकाबाट लुम्बिनी आउनुभएको नगर प्रमुख सञ्जय सिंहले भ्रमण वर्ष शुभारम्भकै दिन लुम्बिनी घुम्न पाउदा खुशी लागेको बताउनुभयो ।
भ्रमण वर्षका क्रममा बुधवार बर्माका पर्यटनमन्त्री अन मोङले लुम्बिनी भ्रमण गर्न कार्यक्रम छ । उहाँ बिहान नेपाली सेनाको हेलीकप्टर मार्फत सिधै लुम्बिनी आउने कार्यकम तय भएको लुम्बिनी विकास कोषका सुचना निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिनुभयो । उहाँसंगै कम्बोडियाका पर्यटन मन्त्रालयका सल्लाहकार सेइल हुल, भुटानका पर्यटन परिषद्का महानिर्देशक दोर्जे ध्रधुल पनि लुम्बिनी आउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।रासस
प्रकाशित मिति : बुधबार, पुष १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्