JanataToday.com

Advertisment

SKIP THIS

विचौलियाको कारण व्यवसाय धरसायी परेका भन्दैे अन्त्य गर्न सरकार संग किसानहरुको माग

विचौलियाको कारण व्यवसाय धरसायी परेका भन्दैे अन्त्य गर्न सरकार संग किसानहरुको माग

बुटवल
सातौं राष्ट्रिय पोल्ट्री दिवस बुटवलमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल अण्डा उत्पादक संघ र लुम्बिनी अण्डा उत्पादक संघको संयुक्त आयोजनामा बुटवलमा प्रभात फेरी, अन्तरक्रिया तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अण्डा वितरण गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा किसानहरुले विचौलियाको कारण आफुनो पेश व्यवसाय नै धरसायी हुन लागेको भन्दै यसको अन्त्य गर्न सरकार संग माग गरेका छन्
नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले अण्डाको लागत मुल्य तोक्नको लागि सरकारले ढिलाई गर्न नहुने बताउनुभएको थियो । विगत लामो समय देखिको पटक पटक अन्दोलन पश्चात अहिलेको सरकारले लागत मुल्य तोक्ने आवश्वास दिएको भन्दै जुन कार्य सकारात्मक रहेको बताउनुभयो । लागत अनुसारको किसानले प्रतिफल पाउनको लागि विचौलियाको अन्त्य हुनुपर्ने भन्दै उहाले विचौलियाको अन्त्य नहुँदा सम्म किसानले उचित मुल्य नपाउने बताउनुभएको थियो ।
अहिले साना किसानहरुले लागत मुल्य भन्दा पनि कम मुल्यमा अण्डा वितरण गर्नुपरेको भन्दै यसको लागि सरकारी निकायबाट नै विचौलियालाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
पशुपंक्षि विकास निर्देशनालयका महानिर्देशक डा.बंशी शर्माले माघको अन्तीम समय सम्ममा अण्डा उत्पादक किसानहरुको विचमा छलफल गरी अण्डाको लागत मुल्य तोकीने बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक डा.शर्माले विदेशबाट आउने दानामा एन्टीवाईटीक राख्न नहुने गरी व्यवस्था गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ का अध्यक्ष तेज कुमार पाठक ले उपभोक्ताहरुको अधिकार माथि खेलवाड गर्ने अधिकार जो कसैलाई पनि नभएको भन्दै यसको लागि उपभोक्ता स्तरबाट नै निरन्तर खबरदारी आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी अण्डा उत्पादक संघका बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेले किसानले उचित मुल्य नपाउँदा समस्या रहेको भन्दै यसको लागि आम किसानहरु एकता बद्ध हुनुपर्ने बेला आएको बताएका थिए
कार्यक्रममा नवलपुर अण्डा उत्पादक संघका अध्यक्ष कृष्ण थापा, सम्मानित किसान प्रकाश अधिकारी, डा. दिगदेव भट्ट, रुद्र पौडेल, डा. उमेश दाहाल, विष्णुहरी अधिकारी, प्रेम हरी तिमिल्सीना लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न समयमा अण्डा उत्पादक किसानहरुको हक हितको लागि लागिपर्ने किसानहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij