बुटवल
बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेला प्रभावित भएको छ । मौषममा आएको वदलावसंगै भएको वर्षाका कारण आज तय गरिएका सबै कार्यक्रम स्थगित भएका छन् । बिहानैदेखि परेको वर्षाका कारण आजका सबै कार्यक्रम स्थगित गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार मेलामा भोली देखि नियमित रुपमा कार्यक्रम सञ्चालन हुनेछ । मेलामा वर्षातका कारण उद्योगी व्यबसायी, तथा उपभोक्तालाई समेत पर्न गएको असुविधा पर्न गएको बताउँदै अध्यक्ष हमालले प्रकृतिलाई कसैले पनि रोक्न नसकिने उल्लेख गर्नुभयो ।
यहि पुसको ९ गतेदेखि सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेला २३ गतेसम्म सञ्चालन गर्ने पूर्व तयारीका बिच भएको वर्षाले मेला सञ्चालनमा केही समस्या आएपछि मेलामा निर्माण गरिएका संरचना तथा राखिएका स्टलहरुमा कुनैप्रकारको क्षेती नभएको मेला सचिवालयले जानकारी दिएको छ । मेला सचिवालयका अनुसार आज स्थगित भएका सबै कार्यक्रम भोली देखि यथावत रुपमा सञ्चालन गरिने छ भने मेला अवलोकनकालागि समेत भोली देखि खुल्ला गरिने छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्