JanataToday.com

Advertisment

SKIP THIS

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट लाभ लिन उत्पादनलाई विश्व बजारमा ब्राण्डिङ् गर्नुपर्छ’

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट लाभ लिन उत्पादनलाई विश्व बजारमा ब्राण्डिङ् गर्नुपर्छ’

 

बुटवल।
निर्माण हुँदै गरेको भैरहवाको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल’का माध्यमबाट यस क्षेत्रको पर्यटनलाई जोड्न सकेमात्रै त्यसबाट लाभ लिन सकिने शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिमान स्थलको निर्माण गरेर मात्रै त्यसबाट लाभ लिन नसकिने बताउँदै बिमानस्थलका माध्यमबाट लाभ लिनकालागि आफ्ना उत्पादनलाई विश्व बजारमा ब्राण्डिङ् गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सन्दर्भमा संघको सचिवालय बालमन्दिरमा आयोजना गरिएको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलः अवसर र चुनौती’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बिमानस्थलको निर्माणको निर्माणले मात्रै उपादेयता पुरा नहुने औंल्याउँदै उपादेयता पुरा गर्नकालागि पनि यसबाट लाभ लिनेगरी यहाको उत्पादन बिक्रि गर्नुपर्ने कुरामा जोड दिईएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन बिकासको आधार बन्न सक्ने बताउँदै त्यसकालागि पर्यटकीय गन्तव्यहरुको पहिचान गरि प्रचार प्रसार तथा पूर्वाधार निर्माण, होटल तथा यहाँको उत्पादनलाई विश्व बजारमा परिचित गराउनु पर्नेमा जोड दिनुभयो । मुलुकको अर्थतन्त्र सुधारकालागि पनि पर्यटन उद्योग राम्रो रहेको र निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमान स्थललाई पर्यटन मार्गको रुपमा लिएर यसबाट लाभ लिनेगरी गुणस्तरीय उत्पादनमा लाग्नु पर्ने भनाई राख्नुभयो ।
त्यस्तैगरी संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझाले उक्त विमानस्थललाई प्रयोग गरेर यसबाट धेरै लाभ लिन सकिने बताउँदै यहाँको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक डा. गितु गिरीले यस विमानस्थलका माध्यमबाट पर्यटन उद्योगबाट लाभ लिन सकिने बताउँदै यस क्षेत्रका पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले लुम्बिनी सर्किट जस्तैगरी हिन्दु सम्पदाहरुलाई समेटेर हिन्दु सर्किट लगायतका पर्यटकीय मार्ग निर्माण गर्न सकिने बताउनु भयो । ‘बिमान स्थल निर्माण भएर मात्रै हुँदैन, यसबाट हामीले लाभ लिन सक्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘यसमा तीनै तहका सरकारको संयोजनकारी भूमिका र नीजि क्षेत्रको समेत महत्वपूर्ण भूमिका हुन्छ ।’
औद्योगिक तथा व्यबसायिक बिकासकालागि महत्वपूर्ण भूमिका नीजि क्षेत्रको हुने बताउँदै सरकारले नीतिगत व्यबस्था गर्ने तथा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले पर्यटन बिकासकालागि विदेशीलाई उनीहरुकै परिकार भन्दा पनि हाम्रो परिकार खुवाउनु पर्ने बताउँदै कृषिलाई उद्योगसंग जोडेर पर्यटन बिकासका खाका तयार गर्नुपर्ने सुझाव राख्नु भयो । ‘पर्यटन बिकासकालागि बिमानस्थल राम्रो अवसर बन्न सक्छ, तर यहाँका पर्यटकीय स्थलहरुको बारेमा विश्व बजारमा प्रचार गर्न सकिरहेका छैनौं ।’ उहाँले भन्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका उपसंयोजक अनिलप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखक निर्मल श्रेष्ठ, मणिमुकुन्द पार्क उद्यान बुटवलका अध्यक्ष खेम लुईटेल, संघका सदस्य तथा गोष्ठि अन्तरक्रिया व्यबस्थापन एवं पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक संजय कलवार जयशवाल, गोबिन्द पाण्डे लगायतले भनाई राख्नुभएको थियो । मेलाकै अवसरमा आगामी २१ गते सोमबार ‘नयाँ बुटवलको आधार ः सन्दर र व्यबस्थित बजार’ विषयमा अन्तरक्रिया गरिने संयोजक जयशवालले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : शनिबार, पुष १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij