JanataToday.com

Advertisment

SKIP THIS

‘बजार विस्थापित हुनबाट रोक्नका लागि बजार र ट्राफिक व्यबस्थापन आवश्यक’

‘बजार विस्थापित हुनबाट रोक्नका लागि बजार र ट्राफिक व्यबस्थापन आवश्यक’

 

बु टवल /जनता टुडे – बुटवलको दिगो बिकासकालागि बजारलाई व्यबस्थित गर्न र ट्राफिक व्यबस्थापनलाई प्राथमिकता दिन सोमबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । उनीहरुले बुटवललाई व्यबस्थित रुपमा अंगाडी बढाउन र दिगो रुपमा बुटवलको पहिचान कायम राखिरहनकालागि बजारलाई स्पेशलाईज गर्न र ट्राफिक व्यबस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सन्दर्भ पारेर सोमबार बुटवल उद्योग बाणिज्य संघको सचिवालय वालमन्दिरमा आयोजना गरिएको ‘नयाँ बुटवलको आधारः सुन्दर र व्यबस्थित बजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवललाई व्यबस्थित रुपमा अंगाडी नबढाउने र ट्राफिक व्यबस्थापन पनि नगर्ने हो भने बुटवलको बजार बिस्थापित हुने चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सोध कर्ता सुत्र शोलुसन्सका प्रवन्ध निर्देशक राजु शर्माले बुटवलको बजार जोगाई राख्नकालागि अरु नगरपालिका भन्दा प्रतिस्पर्धी क्षमता बढी हुनु पर्ने बताउनु भयो । बुटवल पुरानो शहर, ऐतिहासिक महतव, व्यबसायिक तथा प्रशासनिक केन्द्र, आम्दानी योगदान, जीवनयापनको गुणस्तर लगायतका कारण आफैमा महत्वपूर्ण रहेको र बुटवलको ट्रेडलाई बचाई राख्न नसक्ने हो भने शहरीकरण हुँदै गरेका छिमेकका नगरपालिकामा यहाँको बजार विस्थापित हुने उहाँले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । त्यसकालागि यहाँको बजार र ट्राफिक व्यबस्थापन अपरिहार्य रहेको उहाँले औंल्याउनु भयो ।

सुत्र शोलुसन्सले गरेको सोध अनुसार बुटवलमा सवारीको चाप भन्दा पनि व्यबस्थापनको समस्या हो । ‘बुटवल उपमहानगरपालिका भित्र करिव ३ हजार साना ठूला गाडी छन्, ट्राफिक जाम हुने गाडीको फ्लोले होईन ।’ प्रवन्ध निर्देशक शर्माले भन्नुभयो–‘ट्राफिक व्यबस्थापनमा समस्या छ ।’ रिक्सा संख्या भने आवश्यकता भन्दा बढी छ । ट्राफिक व्यबस्थापनमा रिक्सा समस्याको रुपमा खडा भएको छ । त्यसको व्यबस्थापनकालागि नगरपालिकाले आवश्यकता पहिचान गरेर नगरपालिका भित्र १ हजार १८ वटा रिक्सा सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको छ ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजुले व्यबस्थापनको नाममा सुविधालाई अवरोध हुनेगरी योजना बनाउन सान्दर्भिक नहुने बताउनु भयो । उहाँले नगरपालिकाले पनि व्यबस्थापनलाई प्राथमिकतामा राखेर नीति नियम बनाउनु पर्ने भन्दै सुविधा नै लिन नपाउने गरी बाध्यकारी नियम बनाउन नहुने सुझाव राख्नुभयो ।

त्यस अंगाडी कतिपय वक्ताहरुले निश्चित बजार क्षेत्रमा निश्चित समयमा गाडी प्रवेश निशेध गर्नेगरी व्यबस्थापनकालागि सुझाव राखेका थिए । पूर्व अध्यक्ष सैंजुले पार्किङ्को समस्या जती औंल्याएको छ, त्यति नभएको बताउँदै पार्किङ् व्यबस्थापनको जिम्मा बुटवल उद्योग बाणिज्य संघलाई दिए संघले नमुना हुनेगरी पार्किङ् व्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले बुटवल बजार व्यबस्थापन र ट्राफिक समस्या समाधानमा धेरै समस्या नरहेको बताउँदै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनु भयो । बुटवल बजारको सुधार आवश्यक रहेको बताउँदै सुधारकालागि नगरपालिकाले एक दुई स्थानमा निशुल्क र बाँकी स्थानमा सशुल्क पार्किङ्कालागि सोँच बताएको उल्लेख गर्नुभयो ।

त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले बुटवलको बजार सुधार गर्न नसके वडा नं. ४, ५ र ६ को ट्रेड बचाउन नसकिने बताउनु भयो । उहाँले भन्नुभयो–‘जमिन तन्काएर तन्किदैंन, जे छ त्यसैमा व्यबस्थापन गर्ने हो ।’ उहाँले निश्चित बजार क्षेत्रमा निश्चित समय सवारी साधन निशेध गरेर हुन्छ कि के गरेर हुन्छ ?, सुधार गर्नुपर्छ । रिक्साले ट्राफिक व्यबस्थापनमा समस्या भएको कारण आवश्यकता अनुसार रिक्सा सञ्चालनकालागि नगरपालिकाले सूचना सार्वजनिक गरेको समेत त्यस अवसरमा उहाँले जानकारी गराउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, जीवनप्रसाद वझा, नवराज श्रेष्ठ, उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य करुण खनाल, संघका शिक्षा परामर्शदाता आनन्दमान सिंह शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य बिक्रम खड्का, नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्दिप कसौधन लगायतले बुटवलको व्यापार व्यबसाय खिचडी जस्तै भएकाले त्यसलाई व्यबस्थित गरेर बजार स्पेशलाईज गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

संघका कार्यसमिति सदस्य अन्तरक्रिया गोष्ठि तथा पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक संजय कलवार जयशवालको धन्यवाद तथा गोविन्द पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij