बुटवल /जनता टुडे – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सरकारले तय गरेका आधारभूत मापदण्ड पूरा गरेर व्यवसाय संचालन गर्न आग्रह गर्नुभएको छ । नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्नु व्यवसायीकोे पहिलो कर्तव्य हुनुपर्ने बताउंदै उहांले गुणस्तरमा ध्यान दिन सुझाव दिनुभएको हो ।
मासु व्यवसायी संघ रुपन्देहीको १० औं साधारणसभा तथा पांचौं अधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहांले बुटवलमा प्रदेश गौरवको आयोजनामा स्तरीय बधशाला बनिरहेकाले विशिष्टिकृत बजारलाई सबै व्ययसायीले अंगाल्नुपर्ने बताउनुभयो ।
व्यवसायीले उठाएका जायज मागलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने बताउंदै मन्त्री पौडेलले गुणस्तरीय बधशालालाई मासु व्यवसायीले मुख्य योजनामा राख्न आग्रह गर्नुभएको थियो ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सार्वजनिक–निजी–साझेदारी अनुसार बुटवलमा बन्दै गरेको बधशाला व्यवस्थापन गर्नका लागि व्यवसायीलाई नै नेतृत्व गर्न आग्रह गर्नुभयो । उहांले बुटवलको मासु व्यवसायलाई स्वस्थकर तथा गुणस्तरीय बनाउनसकेमा यस क्षेत्रको पहिचान बन्नसक्ने र यसबाट पर्यटन व्यवसायसमेत बढ्ने बताउनुभयो ।
संघका अध्यक्ष कृष्ण पौडेलले रुपन्देहीमा व्यवस्थित बधशालासंगै स्तरीय पशु हाटबजारको आवश्यकता रहेको बताउनुभयो । यसका लागि व्यवसायी पनि लगानी गर्न तयार रहेको बताउंदै उहांले स्थानीय तथा प्रदेश सरकारले विशेष योजना बनाउन माग गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, उपभोक्ता हित संरक्षण मंचका प्रदेश संयोजक तेजकुमार पाठकलगायतले शुभकामना दिनुभएको थियो । अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
प्रकाशित मिति : सोमबार, पुष २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्