खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले बुटवलमा रक्तदान गरेको छ । संघले आफ्नो सातौ अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
मंगलबार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । संघका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक शंकर पाण्डेले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा संघमा आवद्व व्यवसायीले रक्तदान गरेको जानकारी गराउनुभयो ।
रक्तदान कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले रक्तदानले मानिसको बाच्न पाउने अधिकार सुरक्षित गर्ने बताउनु भयो । समाजमा सबै वर्ग समूदायको अधिकार सुनिश्चत हुनुपर्ने बताउंदै किराना व्यवसायीका अधिकार सम्बोधन गर्नेगरी राज्यले नीति नियम बनाउनु पर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष गंगाधर न्यौपानेले किराना व्यवसायीको पेशा नै सेवामुखि भएकाले मानवीय सेवाका लागि रक्तदान गरिएको बताउनु भयो ।
गंगाधर न्ययौपानेको अध्यक्षता र महासचिव कृष्ण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्