तिलोत्तमा ।
चितवनका एक दम्पतीले धार्मिक सहिष्णुताका लागि देवघाटदेखि लुम्बिनीसम्मको साइकल यात्रा गरेका छन् । भरतपुर महानगरपालिका १ पोखरा बसपार्ककी रुक्मिणी सापकोटा घिमिरे र केशव घिमिरेले ३ दिने साइकल यात्रा गरेका हुन् ।
आज तिलोत्तमा आएका उनीहरुलाई रुपन्देही पानी उद्योग संघले स्वागत गरेको छ । केशव चितवनका प्रशोधित पानी व्यवसायी समेत हुन् । उनीहरुलाई संघका सचिव पुरुषोत्तम पाण्डेय (कृष्ण) र व्यवस्थापक सुनिलकुमार जयसवालले ड्राइभरटोलमा स्वागत गर्नुभयो ।
धार्मिक पर्यटकीयस्थल देवघाटको मन्दिरमा पूजा गरी यात्रामा निस्किएको साइकल यात्री रुक्मिणीले बताउनुभयोृ् । उहाका अनुसार देवघाटबाट भरतपुर २ लिलाचोकमा रहेको मस्जितमा आएर त्यहाँबाट लुम्बिनी यात्रा तय गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र धार्मिक सहिष्णुता तथा पर्यावरणका लागि साइकल यात्रामा निस्किएको उहाले बताउनुभयो् ।
पुस २५ गतेदेखि २६ गतेसम्म नारायणगढ, हेटौंडा र चितवनको पर्यटकीय क्षेत्र मेघौलीको यात्रा गर्ने पनि जनाइएको छ । १० वर्ष पहिलेदेखि साइकल यात्रा गर्दै आएका दम्पत्तिले यसअघि मुक्तिनाथ, वेनी, वन्दीपुर, काठमाडौं, सिन्धुली लगायतका स्थामा पुगिसकेका छन् भने चितवनको पर्यटकीय क्षेत्र सिराइचुली, उपरदाङगढी लगायतका स्थानमा पनि साइकल यात्रा गरिसकेका छन् ।
पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्यका लागि र पर्यावरणका लागि पनि साइकल यात्रा महत्वपूर्ण रहने उनीहरूको भनाई छ । विभिन्न जिल्लाको यात्रा गरिसकेका दम्पत्तिले कुनै कार्यक्रममा निमन्त्रण आए आयोजकले खर्चको व्यवस्था गर्ने गरे पनि धेरै जसो खर्च भन् आफैँ गर्ने गरेको बताउनुभयो । प्रतिघण्टा १५ किलो मिटरसम्म यात्रा गर्ने गर्दछन् भने एक दिनमा १५० किलो मिटरसम्म साइकल यात्रा गरेको रुक्मिणीले बताउनुभयो। सडकमा साइकल लेन नहुनु तथा साइकलको फाइदाबारे मानिसलाई जानकारी नहुँदा साइकल यात्रीको संख्या बढ्न नसकेको उहाको भनाई छ ।
प्रकाशित मिति : बुधबार, पुष २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्