बुटवल,(जनता टुडे) –अधिकृत पूँजी बृद्धि गर्ने लगाएतका बिभिन्न प्रस्ताव पारित गर्दै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को पाँचांै वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । पाँचवटा क्षेत्रिय स्तरका ग्रामिण बैंकहरु गाभिएर राष्ट्रिय स्तरको लघुबित्त बित्तिय संस्था बनेको सो बैंकको हाल करिब १ अर्ब अधिकृत पूँजी रहेकोमा त्यसलाई बृद्धिगरि २ अर्ब पुराईने लक्ष रहेको छ । सो अवसरमा संस्थाका अध्यक्ष श्री माणिकरत्न शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक बर्षमा देशका सातवटै प्रदेशमा १ सय ८८ वटा शाखा कार्यालय मार्फत विभिन्न ३ सय ६३ स्थानीय तहमा लघुवित्त सेवा पु¥याएको बताउनु भयो ।
उक्त अवधिमा सम्पूर्ण कारोवार पछिको मुनाफा रू. ३२ करोड ११ लाख ६५ हजार रहेको र लगानीमा रहेको बाँकी कर्जा रू. ९ अर्ब ९० करोड र बचत परिचालन रू. ३ अर्ब २३ करोड रहेको बताउनु भयो । अध्यक्ष शाक्यले समीक्षा अवधिमा गत वर्षको तुलनामा मुनाफामा २८.१४ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १४.३७ प्रतिशत र वचत परिचालनमा १७.९७ प्रतिशतले बृद्धि भएको जानकारी गराउनु भयो । हालसम्म बैंकको अधिकृत पूँजी रू.९८ करोड २५ लाख पुगेको र निकट भविष्यमा २ अर्ब पुराउने लक्ष रहेको पनि उहाँले बताउनु भयो । यसबाट ग्रामिण बिकासको क्षेत्रमा थप प्रभावकारिका बढ्ने बिश्वास उहाँले गर्नुभयो ।
अध्यक्ष शाक्यले नेपाल सरकार र नेपाल राष्ट्र बैंक समेतको लगानी रहेकोे राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै शेयरधनी एवं ग्राहक सदस्यहरुको हित संरक्षण गर्न र शेयरधनीहरुलाई उचित प्रतिफल दिन योजनावद्ध ढंगले कार्य गरिरहेको बताउनु भयो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले मुलुकको गरिबी न्यूनिकरण अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।
पछिल्लो केही समय यता नेपालको लघुबित्तका क्षेत्रमा प्रतिष्पर्धा तिब्र रुपमा बढेको चर्चा गर्दै प्रमुख कार्कीले चुनौतीहरुलाई ब्यबस्थापन गर्दै प्रतिबद्ध भएर अघि बढ्न कर्मचारीहरुलाई आग्रह गर्नु भयो । नेपालमा ग्रामीण बैकिङ्ग अवधारणामा लघुवित्तको कार्य गर्ने उद्देश्का साथ स्थापित अग्रणी संस्थाहरू साविकका क्षेत्रीय स्तरका पा“चवटा ग्रामीण विकास बैंकहरू मर्ज भई बनेको राष्ट्रिय स्तरको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले विपन्न तथा गरिब वर्गका घरपरिवारहरू खासगरी महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार गरी राष्ट्रको गरिबी न्यूनीकरणमा सहयोग पु¥याउन विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्