JanataToday.com

Advertisment

SKIP THIS

नेपाली सेनाद्धारा शनिवार बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन

नेपाली सेनाद्धारा शनिवार बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन

बुटवल,(जनता टुडे) –नेपाली सेनाको आयोजनामा भेली शनिबार बुटवलमा खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले ऐतिहासिक जीतगढी किल्लाको प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर खुल्ला म्याराथुन प्रतियोगिता आयोजना गरिएको पृतनापती सिताराम खड्काले जानकारी गराउनु भयो ।

नेपाल र नेपाली सेनाको ईतिहास प्रवद्र्धन गर्न, नेपाली सेनाले अंग्रेजी फौजमाथी विजय प्राप्त गरेको स्थल जीतगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्न र त्यसको प्रचार प्रसार एवं संरक्षणकालागि मध्यपश्चिम पृतनाले ‘भिक्टोरी म्याराथुन र युनिटी रन’ जीतगढी म्याराथुन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा करिव ४ हजार सहभागि हुने अनुमान गरिएको छ । फूल म्याराथुन ४२ किलोमिटर, हाफ म्याराथुन २१ किलोमिटर, १० किलो मिटर र ५ किलोमिटर (वाक) हुने उक्त प्रतियोगिताकालागि बिद्यार्थी, बैंकर, कर्मचारी, नेपाली सेना तथा नेपाल प्रहरी र ससस्त्र प्रहरी लगायतले नाम दर्ता गराएका छन् ।

बुटवलको बुटवल बहुमुखी क्याम्पसदेखि सुरु हुने फूल म्याराथुन (४२ किलोमिटर) कालागि भैरहवाको देवकोटा चोक हुँदै पुन बुटवलको जीतगढी किल्लासम्मको रुट निर्धारण गरिएको छ । त्यसकालागि सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकमा एक तर्फ मात्रै यातायात सञ्चालनको व्यबस्था मिलाईएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताकालागि निर्धारण गरिएका ४ वटै बिधाका प्रतिस्पर्धा बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई जीतगढी किल्लामा पुगेर सकिनेछन् ।

प्रतियोगितामा महिला र पुरुषलाई चारै बिधामा अलग अलग प्रतिस्पर्धा गराईने छ । छुट्टा छुट्टै हुने प्रतिस्पर्धाका लागि पुरस्कार राशी पनि समान राखिएको छ । जीतगढी म्याराथुन प्रतियोगितामा फूल म्याराथुन (४२ किलोमिटर) प्रतिस्पर्धामा प्रथम हुनेलाई १ लाख रुपैंया, द्वितीय हुनेलाई ५० हजार रुपैंया र तृतीय हुनेलाई २५ हजार रुपैंया नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तैगरी हाफ म्याराथुन २१ किलोमिटरमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैंया तथा १० किलोमिटरमा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने मध्यपश्चिम पृतनाका सेनानी प्रेमनारायण श्रेष्ठले जानकारी गराउनु भयो ।

बिहान ७ बजे सुरु हुने प्रतियोगिताकालागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शुक्रबार नै बुटवल आउनु भएको छ । प्रतियोगिता पश्चत नेपाली सेनाले जीतगढी किल्लामा ऐतिहासिक सरायँ नाच तथा खुकुरी नाच प्रस्तुत गर्ने तयारी गरेको छ भने बिभिन्न बिद्यालयहरुले समेत सांस्कृतिक नृत्य प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, पुष २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij