सैनामैना
सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा हिजो देखि सुरु भएको महोत्सव आज पनि जारि रहेको छ । पौस २४ गते देखि सुरु भएको महोत्सव आगामी माघ ६ गते सम्म चल्ने छ ।यस क्षेत्रको उद्योग ब्यपार, कृषि उत्पादन, हस्तकला, पर्यटन प्रवर्द्धन स्थानीयस्तरमा उद्यमशीलता विकास, ब्यापार विविधीकरण र सैनामैनालाई राष्ट्रियस्तरमा पहिचान दिलाई पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव संचालन गरिएको आयोजकले बताएको छ ।‘आर्थिक विकासका राष्ट्रिय आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने’ मुल नाराका साथ सैनामैनामा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ सुरु भएको हो ।मेलामा बुद्धकालिन सभ्यताको उजागर, पर्यटकीय क्षेत्रको पहिचान सँगसँगै स्थानिय स्तरमा उत्पादन भएका कृषि, हस्तकला लगायतलाई प्रथामिकता दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक राज बहादुर क्षेत्रीले बताउनुभयो ।मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटन प्रबद्र्धनलाई प्राथमिकता दिइएको महोत्सवका सदस्य सचिव तथा संघका महासचिव दीपक अधिकारीले बताउनुभयो ।सैनामैनालाई बुद्धकालीन ऐतिहासिक तथा प्राचिन सहरको रुपमा मानिन्छ । सैनामैनामा बौद्धकालीन सभ्यतासँग जोडिएको पुरातात्विक भग्नावशेषका रुपमा ठुलो राजा कँुवा, रानिकुँवा र बुद्धसँग सम्वन्धित भग्नावशेष सैनामैना १ वनकट्टामा रहेको विषयलाई मेलामा पर्यटकीय स्थलको रुपमा स्टल राखिएको छ भने कृषिसँग र हस्तकलाका स्टल समेत मेलामा छ ।मेलामा दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।
मेलामा दुई सय २० स्टल रहेका छन् । मेलामा आज विष्णु खत्री, बिक्रम बाबु वि.क. मदन पौडेल लगायत राष्टिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । तस्तै २६ गते शनिबार पशुपति शर्मा, रितु थापा, शारदा पंगेनी, कल्पना कुशुम लगाएत रािष्ट्रय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक हिमाल गैरेले जानकारी दिनुभयो ।यसैगरी शुक्रबार देखी नै चौथो सैनामैना डान्सिङ आइडलको दोस्रो चरणको अडिसन भएको छ । जसमा १६ जना सहभगी रहेका छन् । आइडलको छनोट प्रकृया भने शनिबार देखि सुरु हुने आयोजकले जनाएको छ ।
मम्मी डान्स प्रतियोगितामा १६ जना प्रतियोगी मध्य आज प्रतिशप्रधाबाट ११ जना छनोट भएका छन् । मम्मी डान्स प्रतियोगीताको नृत्य फाईनल भोलि हुने आयोजकको भनाई छ ।मेला अवधिभर स्थानीय प्रतिभालाई प्रष्फुटन गर्नेगरी विशेष व्यवस्था मिलाइएको छ ।भोलीरक्तदान कार्यक्रम गरिने – रुपन्देहीको सैनामैना–४ स्थित मुर्गियामा लाग्ने सैनामैना महोत्सवमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।रगतको अभवमा कोहि पनि मर्न नपरोस, रक्तदान जीवनदान भन्ने मुल उद्देश्यका साथ महोत्सवमा पौष २६ गते भोलीरक्तदान कार्यक्रको आयोजना गरिने संघले जनाएको छ ।सैनामैना उद्योग बाणिज्य संघको आयोजना, नेपाल रेडक्रस सोसाइटी पर्रोहा र दुधराक्ष उपशाखा तथा रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक राजबहादुर क्षेत्रीले बताउनु भयो ।चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव यही पुस २४ गतेदेखि माघ ६ गतेसम्म सैनामैना ४ स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा संचालन भैरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्