JanataToday.com

Advertisment

SKIP THIS

आँगन वचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न

आँगन वचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न

बुटवल ।
बुटवल उपमहानगरपालिकामा कार्यक्षेत्र रहेको आँगन वचत तथा ऋण सहकारी संस्थाले सदस्यता बिस्तार तथा कार्यक्षेत्र बिस्तारलाई प्राथमिकता दिएको छ । संस्थाकोआज बुटवलमा सम्पन्न १० औं साधारण सभाले चालु आर्थिक वर्ष भित्र ५ सय सदस्य पुर्याउने र कार्यक्षेत्र पनि बिस्तार गरि रुपन्देही जिल्ला बनाउने निर्णय गरेको हो ।
साधारण सभाले सदस्य संख्या बृद्धि गर्ने रणनीति बनाउन र कार्यक्षेत्र बिस्तार गरि जिल्लाभरको बनाउनकालागि सञ्चालन समितिलाई अख्तियारी प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका भित्र कार्यक्षेत्र रहेको उक्त सहकारीमा हाल ३४२ जना शेयर सदस्य छन् ।
साधारण सभामा संस्थाका अध्यक्ष यमप्रसाद तिवारीले सदस्य संख्या बृद्धि गरि चालु आर्थिक वर्षभित्रमा ५ सय पुर्याउने र रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाउने लगायतका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष तिवारीले गर्नुभएको प्रस्तावलाई साधारण सभामा सर्वसम्मत पारित गरेको हो । त्यस्तै कोषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नरदेव न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन प्रनि पारित भएको छ ।
साधारण सभामा संस्थाका शेयर सदस्यहरु यमलाल लोहोनी रुपन्देही व्यापार संघको अध्यक्षमा, राजेन्द्र घिमिरे नेपाल जेसीजको कानुनी सल्लाहकारमा, राजिव गौतम बुटवल जेसीजको अध्यक्षमा, बिष्णुप्रसाद गौतम क्यान महासंघ रुपन्देहीको कार्यसमिति सदस्यमा र गोपाल चापागाई सिद्धार्थ गौतमबुद्ध क्याम्पसको प्राध्यापक संघको अध्यक्षमा निर्वाचित हुनु भएको सम्मान समेत गरिएको थियो भने शेयर सदस्यका सन्ततीमध्येबाट गत एसईई परिक्षामा उत्कष्ट दिबिसा घिमिरे, निशान्त घिमिरे र लक्षमण भण्डारीलाई नगद सहित पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका असल ऋणी, बचतकर्ता तथा सदस्य बृद्धिमा योगदान गरेका शरिता सुवेदी, लक्ष्मी पन्त, राजन घिमिरे र भोजराज अर्याललाई सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाका सल्लाहकार गणेशचन्द्र पोखरेल, शेयर सदस्य तथा युवा नेता बिष्णु पोखरेल, नवप्रवेशी शेयर सदस्य तथा नेपाल जेसीजका पूर्व अध्यक्ष श्रीधर बस्याल, शेयर सदस्य सम्झना मरासिनी लगायतले संस्थाको हितलाई ध्यानमा राखेर सदस्यता बृद्धि गर्न र कार्यक्षेत्र बिस्तार गर्न उपयुक्त हुने भनाई राख्नुभएको थियो । त्यस्तै परिवार, साथी र समाजको बिश्वास जित्न सेकमात्रै त्यस्तो व्यक्ति तथा संस्थाको प्रगति हुन सक्ने औंल्याउँदै सोही अनुसार काम गर्न सुझाव दिनुभयो । संस्थाका अध्यक्ष यमप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजेन्द्र घिमिरेको सञ्चालन तथा सदस्य राजिव गौतमले स्वागतमा भएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij