बुटवल ।
ईनरह्विल क्वलले अघिल्लो वर्षदेखि प्रदान गर्न लागेको ईनरह्विल संघर्षशिल महिला सम्मान मैनादेवी भण्डारीलाई प्रदान गरीएको छ ।
ईनरह्विल क्लव अफ बुटवल, मिडटाउन, लुम्बिनी, रुपन्देही र सैनामैनाले विश्व ईनरह्विल डे को अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भण्डारीलाई उक्त सम्मान गरेको हो रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आत्म शान्ति अनाथ आश्रम सञ्चालन गर्दै आईरहेकी भण्डारीलाई प्रदेशसभा सदस्य दिपा बिश्वकर्मा तथा ५ वटै ईनरह्विल क्लवका अध्यक्षले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिश्वकर्माले क्वलले संघर्ष गरीरहेको महिलालाई सम्मान गर्नु गर्वको कुरा रहेको बताउँदै काम गरेपछि उचित मुल्याङ्कन हुने बताउनुभयो ।
कार्यक्रममा ईनरह्विल क्लव अफ लुम्बिनी चाटर्ड प्रेसिडेन्ट ज्ञानु पौडेल, ईनरह्विल क्लव अफ सैनामैना अध्यक्ष दिपिका शर्मा ईनरह्विल क्लव अफ बुटवल सचिव सानु श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सयोजन भने मिठ्ठु टण्डनले गनुृभएको थियो ।
प्रकाशित मिति : शनिबार, पुष २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्