जनता टुडे,बुटवल ।
शितल वचत तथा ऋण सहकारी संस्था लि, बुटवल ९ को चौथो अधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।आज बुटवल औद्योगिक क्षेत्रमा आयोजित संस्थाको १० औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सूर्यकुमार श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शिवप्रसाद न्यौपाने, सचिवमा खेम श्रीस, कोषाध्यक्षमा विष्णु प्रसाद ज्ञवाली तथा सदस्यहरुमा शिवप्रसाद खनाल, सुमन घिमिरे, शान्ति शर्मा, माया खनाल, दुर्गादेवी श्रेष्ठ रहेको निर्वाचन समितिका संयोजक यादव भण्डारीले बताउनु भयो ।
त्यसैगरि लेखा समितिको संयोजकमा लोकेन्द्र हाङबु लिम्बु र सदस्यहरुमा गिता ज्ञवाली र पदम राना चयन हुनु भएको छ ।संस्थाको १० औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनको संस्थाका जेष्ठ सदस्य कर्णबहादुर रेश्मीले गर्नु भएको थियो । त्यस अवसरमा संस्था पूर्व अध्यक्ष तथा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमूनि शाक्यलाई सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले सहकारी क्षेत्रमा पछिल्लो समयमा चुनौतिहरु थपिदै गएको हुदा त्यसको समाधान गर्दै सदस्यहरुलाई सेवा विस्तारमा ध्यान दिन आग्रह गरेका थिए । उनीहरुले संस्थालाई वलियो बनाउनका लागि सदस्यता बिस्तार तथा कार्यक्षेत्र बिस्तारलाई प्राथमिकता दिदै औद्योगिक विकासमा लगानी बढाउन सुझाव राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गणेशप्रसाद अधिकारीले संस्थाले उद्योगीहरुलाई सहज रुपमा ऋण प्रवाह गर्ने बातावरणको विकास गर्ने बताउदै आगामी दिनमा सदस्य संख्या बृद्धि गरि नमुना संस्था बनाउने जनाउनु भयो । कार्यक्रममा कोषाध्यक्ष रामबहादुर गुरुङले १० करोड बराबरको आर्थिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष अधिकारीले सहकारी स्थापना भएको छोटो समयमा नै राम्रो नाफा आर्जन गर्न सफल भएको बताए । उनले आर्थिक बर्ष २०७३÷७४ मा शेयर पुँजी कुल ७९ लाख २० हजार, आर्थिक बर्ष २०७४÷७५ मा कुल १ करोड, १३ लाख ८० हजार रुपैयाँ र आर्थिक बर्ष २०७५÷७६ मा कुल १ करोड १५ लाख ७५ हजार पु¥याउन सफल भएको जानकारी दिए । सहकारीमा ४ सय २६ जना सदस्यहरु रहेको जानकारी दिदै अध्यक्ष अधिकारीले सहकारीले निक्षेप संकलन पनि सोही अनुपातमा गरेको जानकारी दिए । आर्थिक बर्ष २०७५÷७६ मा सहकारीले कुल ८ करोड, ११ लाख २२ हजार ८ सय ११ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ ।
साधारण सभामा संस्थाका शेयर सदस्य नवराज पंगेनी, सल्लाहाकार तिलप्रसाद भट्टराई, बुटवल औद्योगिक क्षेत्र लिमिटेडका प्रमुख निमेश अधिकारी, पुण्यभूमी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु नेृपाल, तिलगंगा सहकारीका अध्यक्ष गमप्रसाद रेश्मी, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्ट्राई,
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, नविनतम सहकारीका अध्यक्ष एजाज आलम, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य लगायत बोल्नु भएको थियो । ।
संस्थाका अध्यक्ष गणेशप्रसाद अधिकारीका अध्यक्षतामा भएको कार्यक्रम सचिव शिव प्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति : शनिबार, पुष २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्