JanataToday.com

Advertisment

SKIP THIS

मम्मी डान्स प्रतियोगितामा कल्पना प्रथम ,भोली थारु समुदायको विशेष प्रस्तुति

मम्मी डान्स प्रतियोगितामा कल्पना प्रथम ,भोली थारु समुदायको विशेष प्रस्तुति

सैनामैना
रुपन्देहीको सैनामैना–४ स्थित मुर्गिया रंगशालामा संचालन भैरहेको चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा मम्मी डान्स प्रतियोगीता सम्पन्न भएको छ ।सम्पन्न प्रतियोगितामा कल्पना डुम्रे प्रथम भएकी छिन् । त्यस्तै अस्मिता थापा द्वितिय र सोनी सिंजाली तृतिय भएकी छन् ।प्रथम हुनेलाई २० हजार, द्वितियलाई १५ हजार र तृतिय हुनेलाई १० हजार नगद र प्रमाण पत्रद्धारा पुरस्कार प्रदान गरिएको छ ।मम्मी डान्स प्रतियोगितामा १६ जना सहभागीहरु मध्येबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए् ।यस्तै चौथो सैनामैना डान्स आईडलमा १६ जना मध्य आज १३ जना सहभागीहरु तेस्रो चरणका लागि छानौट भएकाछन् । जम्मा ३० जना प्रतिशप्रधिहरु मध्य दोस्रो चरणका लागि १६ जना सहभगीहरु दोस्रो चरणका लागि प्रवेश गरेका थिए । भोलि पनि आईडल जारि रहने आयोजकले जनाएको छ ।त्यस्तै आज पशुपति शर्मा, रविना बस्याल, क्रृतु थापा, शारदा पंगेनी लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुत रहेको थियो । भोलि आइतबार प्रिति आले, क्रृषि खड्का, धनबहादुर गुरुङ्ग, माइला बा लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुत रहने सांस्कृतिक संयोजक हिमाल गैरेले जानकारी दिनु भयो ।


थारु समुदायको विशेष प्रस्तुति –यस्तै भोलिकै कार्यक्रममा थारु समुदायको विशेष झाँकी सहितको प्रस्तुति रहने सांस्कृतिक संयोजक गैरेको भनाई छ । थारु समुदायको नाचगान बड्का नाच, झुम्णा नाच, मयुर नाच लगाएतको प्रस्तुति रहने उहाँले बताउनु भयो ।महोत्सवमा रक्तदान – रुपन्देहीको सैनामैना–४ स्थित मुर्गियामा संचालन भैरहेको सैनामैना महोत्सवमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रगतको अभवमा कोहि पनि मर्न नपरोस, रक्तदान जीवनदान भन्ने मुल उद्देश्यका साथ महोत्सवमा पौष २६ गते शनिबार रक्तदान कार्यक्रको सम्पन्न गरिएको संघले जनाएको छ ।आज भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको मेला मुल आयोजक समितिका उपसंयोजक रिमबहादुर श्रेष्ठले बताउनु भयो ।सैनामैना उद्योग बाणिज्य संघको आयोजना, नेपाल रेडक्रस सोसाइटी पर्रोहा र दुधराक्ष उपशाखा तथा रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रम गरिएको संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक राजबहादुर क्षेत्रीले बताउनु भयो ।चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव यही पुस २४ गतेदेखि माघ ६ गतेसम्म सैनामैना ४ स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा संचालन भैरहेको छ ।

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij