JanataToday.com

Advertisment

SKIP THIS

बचत तथा ऋण सहकारी संघ रुपन्देहीको १४ औ वार्षिक साधारणसभा सम्पन्न

बचत तथा ऋण सहकारी संघ रुपन्देहीको १४ औ वार्षिक साधारणसभा सम्पन्न

बुटवल ।
बचत तथा ऋण सहकारी संघ रुपन्देहीको १४ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारण सभामा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सञ्चालक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सरकारका ४८ वटा ऐनहरु उत्पादनसँग जोड्न बाधक देखिएको बताउनभएकोे छ । । उहाले उत्पादनसंग सहकारीलाई जोड्दा, उद्योग ऐन, उत्पादन सम्बन्धी ऐन, लगायतका ऐन संसोधन गर्नुपर्ने बताउनुभयो त्यस्तै राष्ट्रिय सहकारी संघका सञ्चालक राम कृष्ण खाँणले सहकारीहरुले महिला नेतृत्वको विकास गरेको बताउननभयो । उहाले अहिले सरकारले सहकारीलाई मर्जर गर्ने नितिबारे सोच्नुपर्नेमा जोड दिनुभयो ।सहकारीहरु अब ऋण दिएर ब्याज उठाउने काममा मात्रै सिमति हुनुपर्ने बताउनुभयो।
राष्ट्रिय बैंकका सञ्चालक माधवलाल देवकोटाले सहकारीलाई अव उत्पादन संग जोड्नुपर्ने बताउनुभयो । बचत तथा ऋणको कारोवार गर्ने भए बैक खोल्न आग्रह सहकारीलाई उत्पादनमा जोड्नको लागि विभिन्न ऐन वाधक रहेकाले संशोधन गर्न आग्रह गर्नुभयो ।

Image may contain: 6 people, people sitting
कार्यक्रममा बचत तथा ऋण सहबारी संघ प्रदेश महासचिव ऋषिराम सापकोटाले प्रदेशमा सहकारी ऐन निर्माण भएपनि सहकारी सम्बन्धी विनियमवलीहरु बन्न नसक्दा सहकारीहरुले थुप्रै जटिलता भोगेको बताउनुभयो ।
कायृक्रममा सहभागीहरुले उत्पादनाशिल कार्यमा जोड्न सरकार तयार हुनुपर्ने बताएका थिए ।नेपालमा सहकारीहरुलाई उत्पादनसँग जोड्नका लागि सरकारकै ऐन बाधक रहेको सहकारीकर्मीहरुले बताएका छन् । सहकारीका शेयर सदस्यहरुलाई उत्पादनसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको भन्दै सरकारले बाधक रहेका ऐनहरु संशोधन गर्न माग गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष डोलराज अर्याल, दुग्ध कृषि सहकारी संस्था रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डे, बचत संघका प्रदेश सचिव तथा जिल्ला बचत संघका सल्लाहकार बसन्त ढकाल, ईन्द्रेणी सहकारीका सचिव मायाँ गौतम, फेवा सहकारीका अध्यक्ष प्रेम गुरुङ्ग, जिल्ला बचत संघका उपाध्यक्ष कृष्ण चौहान क्षेत्री, जिल्ला अध्यक्ष प्रकाश भट्राई, सचिव सन्दीप सापकोटा लगायतले बोलेका थिए


यसैबिच उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार विनोद परियार र २०७५ बाट पत्रकार कृष्ण खनाल पुरस्कृत भएका हुन् । परियार रेडियो जागरण, नागरिक दैनकिमा आबद्ध छन् । यसैगरि खनाल बुटवल टुडे दैनिकमा आबद्ध छन् । दुवै जनालाई १० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो ।

प्रकाशित मिति : सोमबार, पुष २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij