गुल्मी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई कफी सुपर जोन गुल्मीको आ.व ०७६ र०७७को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मदाने गाउपालिकाको वडा नं २ सिरा टोल र वडा नं३ तोरेटामा उद्यमशिलता तथा क्षमता अभिवृद्धि स्थलगत तालिम आज सम्पन्न भएको छ ।
मदाने गाउपालिकाका अध्यक्ष दान ब .केसीले तालिममा सिकेका कुराहरु ब्यहारमा समेत लागु गर्नु पर्ने र कृषि संगै कृषि पर्यटनलाइ पनि जोडेर जानु पर्ने कुरामा जोड दिनु भयो ।
मदाने वडा नं३का वडाध्यक्ष नारायण घर्तिले यस्ता स्थलगत तालिमले कृषकहरुलाइ कफि खेति तर्फ आकर्षण तथा उत्प्रेरणा मिल्नुका साथै प्राविधिक जानकारी पनि हुनेहुदा तालिममा सिकेका प्राविधिक तथा सैद्धान्तिक कुराहरु ब्यहारमा लागु गर्नु पर्ने पनि बताउनु भयो ।
मदाने गाउपालिकाको वडा नं२ र ३ मा सन्चालन भएको तालिममा क्रमश२८ र ३६ जना कफि उत्पादक कृषकहरुको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण परियोजनाका निमित्त कार्यालय प्रमुख समिर सिँह बराइ मगर, ना.प्रा.स .नरेन्द्र सुनार र सामाजिक परिचालक प्रमोद अर्यालले गर्नु भएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्