विश्वज्योती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

विश्वज्योती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

पछाडि पारिएका बर्ग आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्छ प्रतिनिधिशभा सदस्य बिश्वकर्मा

 

बुटवल( जनता टुडे)- विश्वज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको सत्रौ साधारण सभा सोमबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रमा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एबम प्रतिनिधिशभा सदस्य छबिलाल बिश्वकर्माले

संविधान कार्यान्वयनको पक्रियामा वढेको बताउँदै उहाले परीवर्तनले विस्तारै आकार लिदै गएको बताउनुभयो । केन्द्र प्रदेश र स्थानिय सरकारले एकै साथ जनताको पक्षमा काम गरीरहेको दाबी गर्दै उहाले सरकार बिकास र समृद्धिको दिशातर्फ हिडिरहेकोले परीवर्तनको सही ब्याख्या विश्लेषण र सही अभ्यास गर्न आग्रह गर्नु भयो ।
पूर्वमन्त्री समेत रहनुभएको उहाँले सहकारीले उत्पादनशील, क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै उत्पादनशील, क्षेत्रमा लगानी गर्दा पनि स्वावलम्बन तथा रोजगारीलाई समेत जोडेर हेर्नुपर्ने बताउनु भयो ।उहाले सहकारीलाई स्वावलम्बन, रोजगारी र उत्पादनसंग जोड्नु पर्नेमा जोड दिनुभएको छ ।

नेता बिश्वकर्माले सत्ता र व्यवस्था परिवर्तन सत्तामा भईरहनेहरुका लागि मात्रै नभई सबै वर्ग, समुदायका लागि हुनुपर्ने भन्दै त्यसमा खबरदारी जरुरी रहेको बताउनुभयो । लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धी जोगाउन कठिन हुने अवस्था आएको भन्दै फेरि सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाले हरेक क्षेत्रमा पछाडि पारिएका बर्ग र समुदाय आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघदेश नं.५ का संयोजक कृष्ण नेपालले संघियतासँगै सहकारीका दायरा र क्षेत्रहरु पनि फेरिएकाले सोही अनुसार आफूलाई परिमार्जन गर्ने बेला आएको बताउनुभयो । उहाले सहकारीहरुले जे काम गर्ने हो, त्यो नगरेको पाइएकाले अब आफ्नो विशिष्टिकृत क्षेत्रमै लगानी र कारोबार गर्न समेत सुझाव दिनुभयो । साथै उहाले सहकारीको मुल्य र मान्यतालाइ आत्मसाथ गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।

साधारण सभामा संस्थाका अध्यक्ष जोगलाल बिश्वकर्माले विधान शंसोधन सम्बन्धमा संस्थाको शेयर प’जी बृद्धि र सदस्य संख्या बृद्धि लगायतका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष बिश्वकर्माले गर्नुभएको प्रस्तावलाई साधारण सभामा सर्वसम्मत पारित गरेको हो । त्यस्तै कोषाध्यक्ष मातृका प्रसाद गहतराजले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक दल बहादुर लोहागुनले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन पनि पारित भएको छ ।

साधारण सभामा बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुनाखर खनाल ,रबि बिक , रूपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम बि  बिश्वकर्मा , सुनचादि महिला संघका अध्यक्ष कमला बिक, रेवन्त बिश्वकर्मा, निवर्तमान अध्यक्ष किशोर कुमार सेन्चुरी ,सस्थापक अध्यक्ष सिताराम रसायली, बाबुराम बिक,पुर्णलाल बिश्वकर्मा,गकुल बिश्वकर्मा जुद्ध बहादुर बिश्वकर्मा लगायतले सहकारीलाई उद्देश्यमुुलक तथा उत्पादनशिल बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
खास गरि पछाडि पारिएको वर्ग र समुदायको नेतृत्व तथा ब्यबस्थापनमा खोलिएको सस्थाको बुटवल उपमहानगरपालिका भित्र कार्यक्षेत्र रहेको सहकारीमा हाल ५२५जना शेयर सदस्य छन् ।

संस्थाको शेयर पुजी ६४ लाख ३८ हजार १०० रहेको छ भने निक्षेप बचत ६ करोड ९५ लाख ४३ हजार ३४१ रहेको छ।
साधारण सभामा को अवसरमा संस्थाले बिभिन्न बिधामा सम्मान समेत गरेको छ । नियमित बचत गर्ने भिम कुमारी गौतम ,राम बहादुर दमाइ त्यस्तै नियमित कारोबार गर्ने सुनिता लामगाधे र सुरज बिक लाइ सम्मान गरेको छ । शेयर सदस्य बृद्धि सम्मानमा ओम अर्गेजा तारा गहतराज र सुनिता खडलुकलाइ सम्मान गरिएको छ संस्थाका कर्मचारी ओम बहादुर अर्गेजा , सृजना खड्का ,शंकर नेपाली लाइ सम्मान गरीएको छ त्यस्तै बिभिन्न बिधामा  इश्वरि र कमल गहतराज  मनिस दर्नाल ,सागर गहतराज, कृपा दर्जि लगायतलाइ समेत सम्मान गरिएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष जोगलाल बिश्वकर्माको अध्यक्षता, सचिब हेम बहादुर बिकको संचालन र संस्थाका सदस्य मनोज कुमार बिकको स्वागतमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : सोमबार, पुष २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij