प्रदेश ५ को नाम र राजधानी आगामी हिउँदे अधिवेशनबाट


मङ्लबार, पुस २९, २०७६

351
SHARES
प्रदेश ५ को नाम र राजधानी आगामी हिउँदे अधिवेशनबाट

 

बुटवल, जनता टुडे – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश नम्बर पाँचको नाम र राजधानी हिउँदे अधिवेशनबाट टुङ्ग्याइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशसभाबाट गठित प्रदेशको नामाकरण र केन्द्र निर्धारण गर्ने विशेष समितिले प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदन प्रदेशको आगामी माघ ५ गते हुने ५औं अधिवेशनमा प्रस्तुत हुनेछ । सोही प्रतिवेदनका आधारमा प्रदेश ५ को नाम र स्थायी राजधानी घोषणा गरिनेछ ।’
यस विषयमा पार्टीको ह्वीप नलाग्ने बताउँदै सचेतक ढकालले भन्नुभयो, ‘प्रदेशसभाको एकताबाटै राजधानी तय गरिन्छ ।’ रिर्पोटर्स क्लब ५ नं. प्रदेशले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै ढकालले प्रदेशअन्तर्गतका १२ वटै जिल्लाका जनताले अपनत्वबोध गर्ने गरी राजधानी तय गर्ने समेत बताउनुभयो । प्रदेशसभाले गठन गरेको नामाकरण र केन्द्र निर्धारण समितिले १२ वटै जिल्लाका राजनीतिक दल, समाजसेवी, बुद्धिजीविसँग राय–सुझाब संकलन गरेको छ । माघ ४ गते बस्ने नेकपाको संसदीय दलको बैठकमा यस विषयमा पनि छलफल हुने ढकालले जानकारी दिनुभयो ।


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामाकरणको विषयमा धेरै छलफल र बहस भइसकेकोले यसलाई कुनै हालतमा पनि आउँदो बैठकबाट टुङ्गो लगाउनु पर्ने बताउनुभयो । राजधानी बनाउँदा दिर्घकालीनरुपमा प्रदेशले थेग्ने सक्ने संचरना बनाउनुपर्ने धारणा राख्नुुभयो । नयाँ संरचना बनाउँदा धेरै आर्थिक भार लाग्ने भएकोले अहिले भएका संरचनालाई यथावत राख्न आग्रह गर्नुभयो । प्रदेशसभाले प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने विषयलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्ने नेपाली कांग्रेको धारणा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रदेशसभाको नामाकरण राजधानी तय गर्न अब कुनै पनि बाहानामा ढिलो गर्नु हुँदैन । सुझाब समितिले प्रतिवेदन दिइसकेको छ, फेरि अन्य उप—समिति बनाउने र सुझाब लिने कामले थप ढिलाई हुन्छ ।’


कार्यक्रममा समाजवादी पार्टीका सचेतक सन्तोष कुमार पाण्डेले गौतम बुद्धको भूमि ‘लुम्बिनी’ नै प्रदेशको नामाकरण गर्नुपर्ने बताउनुभयो । उहाले भौतिक पूर्वाधार सम्पन्न रहेको हालको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मङ्लबार, पुस २९, २०७६ , ३:५६ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2024 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology