JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा व्यापार मेला माघ १० देखि

तिलोत्तमा व्यापार मेला माघ १० देखि

तिलोत्तमा ,जनता टुडे-“तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को लागि गेट तथा स्टल निर्माणको काम सुरु भएको छ ।

यही माघ ९ देखि २० गते सम्म सञ्चालन हुने भनिएको दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक ब्यापार मेला राष्ट्रियसभाको निर्वाचनका कारण माघ १० गतेदेखि २१ गतेसम्म हुने तय भएको मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले जानकारी दिनुभयो ।

कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने गरी सञ्चालन गर्न लागिएको मेलाका लागि बुद्ध केवल–भुसाल वायर इण्डष्ट्रिज प्रालि भैरहवाले मुख्य प्रायोजन र यशोधा फुड्स अन्तर्गतको लाली चाउचाउले सह प्रायोजन गर्ने भएका छन् । मेला सम्पन्न गर्न विभिन्न २५ वटा उपसमिति निर्माण गरिएको छ । सबै उपसमितिहरुले जिम्मेवारी अनुसारको कामलाई तीव्रता दिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

रुपन्देहीको मणिग्राम चोकदेखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्व तिलोत्तमा नगरपालिका ५ मा आयोजना गरिने मेलामा कुल ३ सय स्टल रहने छन् । जसमा कृषि, पर्यटन, उद्योग, व्यापार, रेष्टुरेन्ट लगायतलाई प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । मेलामा सहभागी हुने कृषिका स्टल र संघमा आवद्ध उद्योगी व्यवसायीका स्टलहरुलाई विशेष सहुलियतको व्यवस्था मिलाइएको कोषाध्यक्ष सुरज पंगेनीले बताउनुभयो । पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् । लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने गरी पर्यटन क्षेत्रका संभाव्यतालाई मेलामा उजागर गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यस्तै कृषिलाई आधारशीलाको रुपमा स्थापित गरी एक गाउँ एक उत्पादनको अवधारणालाई मूर्तरुप प्रदान गर्नेगरी कृषिलाई प्राथमिकता दिइएको उद्योग उपाध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत तिलोत्तमा लोक आईडल, तिलोत्तमा डान्स आईडल, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, श्रीमान श्रीमतीको जोडी नृत्य प्रतियोगिता, विभिन्न जातजातीका लोकनृत्य प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिनुभयो।
मेलाको संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौ रहेको छ भने सह आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं। ५, तिलोत्तमा नगरपालिका, उद्योग ब्यापार संगठन तिलोत्तमा र तिलोत्तमा ब्यापार संघ रुपन्देही रहेका छन् ।
उद्योगी ब्यवसायीहरुको हक हितको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले स्थापित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले यस अघि २०७३ सालमा पहिलो पटक मेलाको आयोजना गरेको थियो ।

तिलोत्तमामा रहेका तिलोत्तमा उद्योग वाणिज्य संघ, उद्योग ब्यापार संगठन र तिलोत्तमा ब्यापार संघले प्रत्येक वर्ष आलोपालो ब्यापार मेलाको आयोजना गर्ने सहमति अनुसार २०७३ मा पहिलो पटक मेलाको आयोजना गरेको तिलोत्तमा उद्योग वाणिज्य संघले यो पटक ‘दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६’ गर्न लागेको वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले वताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, पुष २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij