बुटवल-जिल्ला सहकारी संघ, लिमिटेड रुपन्देहीको ३६ औं वार्षिक साधरणसभा मंगलबार बुटवलमा सम्पन्न भएको छ । साधरणसभालाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई प्रवद्र्धन गर्न सरकार तयार रहेको भन्दै स्पष्टरुपमा सुझाव दिन आग्रह गर्नुभयो ।
उहाँले सहकारीहरुले भोगेका नितिगत समस्या सुल्झाउन सरकार तयार रहेको भन्दै अब सहकारीलाई उत्पादनसँग जोड्ने गरि कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारीले पैसा किन्ने र वेच्ने काममा मात्रै सिमित नहुन समेत आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाँणले सहकारी पूँजी मात्रै नभई व्यक्तित्व र नेतृत्व बिकासको अभियान भएको बताउनुभयो । उहाँले सरकारले सहकारीको क्षेत्र र संख्या बढाउनुपर्नेतर्फ जोड दिदै मर्जर गर्ने काम गलत भएको बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटाले सरकारले सहकारीलाई उत्पादनसँग जोड्न भनेपनि ऐनहरु बाधक रहेकाले त्यसलाई सुधार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचन, सहकारी विकास बोर्डका सञ्चालक प्रकाश अर्याल, नेफस्कुनका सञ्चालक सन्दिप सापकोटा, कृषि सहकारी संघका नर बहादुर घर्ती, बचत तथा ऋण सहकारी संघका प्रदेश सचिव ऋषि सापकोटा, संघका जिल्ला उपाध्यक्ष डोल प्रसाद अर्याल, सचिव टिका न्यौपानेले बोल्दै सहकारीहरु अलमलमा रहेकाले सरकारले सहज बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्