बुटवल ।
नीजि अस्पतालहरुको छाता संस्था एशोसियशन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्युट अफ नेपाल अफिन को ५ नं प्रदेश अध्यक्षमा बुटवलका रामप्रसाद खरेल निर्वाचित हुनु भएको छ ।आज बुटवलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट खरेल अफिनको प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दाङ्का किशोर खत्री, सचिवमा मुक्तिराज पौडेल र कोषाध्यक्षमा अर्जुन पौडेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । समितिको सदस्यहरुमा दिनेश आचार्य, डा.दिनेश चौधरी, महेश श्रेष्ठ, गोपाल श्रेष्ठ र गणेशप्रसाद ज्ञवाली निर्वाचित हुनु भएको छ ।
प्रकाशित मिति : शनिबार, माघ ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्