JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा मेला सफल पार्ने दलहरुको प्रतिवद्धता

तिलोत्तमा मेला सफल पार्ने दलहरुको प्रतिवद्धता

तिलोत्तमा,  तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि एवं नगरमा क्रियाशिल राजनीतिक दलहरुले तिलोत्तमामा आयोजना गर्न लागिएको व्यापार मेला सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । “तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव सबैको साझा भएको उनीहरुले यसका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
आइतबार नगर प्रमुख, वडाध्यक्ष र नगरस्तरीय बिभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुबीचको भेलामा उनीहरुले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धन गर्न तिलोत्तमाको पहिचानलाई स्थापित गर्न मेला सफल हुने विश्वास समेत लिएका छन् ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले महोत्सवलाई भव्य रुपमा सफल बनाउन पुर्णरुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नगरपालिकाले सुरु गरेको शुन्य पोलिथिन अभियानलाई आत्मसाथ गर्न र स्वदेशी फूलमालाको प्रयोग गर्न आग्रह गरे । मेलाले उद्योग, व्यवसाय, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने र यसका लागि तिलोत्तमाको पहिचान कायम गर्नेगरी अघि बढ्न पनि आयोजकलाई सुझाव दिए ।
नेपाल कम्युनिष्ट पाटीं (नेकपा) का जिल्ला सदस्य तथा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले महोत्सव सबैको साझा पर्व जस्तै भएकाले पूर्णरुपमा सहयोग गर्ने बताए । मेला तथा महोत्सवबाट बालउद्यानका नाममा लाखौं रकम विदेशिने गरेको उल्लेख गर्दै उनले स्वदेशी पुँजी पलायन हुनबाट रोक्ने दायित्व उद्योगी व्यवसायीको पनि भएको बताए । उनले स्वदेशी उत्पादनलाई महोत्सवमा उच्च प्राथमिकता दिन आग्रह गरे ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधी तिवारीले मेला तथा महोत्सवबाट यहाँका उत्पादन, भेषभुसा र संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डेले मेलामा राखिने स्टलहरु आम जनसमुदायलाई प्रभाव पार्ने खालको हुनुपर्ने बताउँदै त्यस्ता स्टलको लागि सबैको पहल हुनु पर्ने बताए ।
जनमुक्ति पार्टीका नगर अध्यक्ष बमबहादुर थापा, तिलोत्तमा ५ का वडाअध्यक्ष चेतनारायण भण्डारी लगायतले मेला तिलोत्तमाकै प्रतिष्ठाको बिषय भएको बताउँदै मेलालाई सबै पक्षको सहकार्यमा अगाडि बढाउनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक गुणनिधी भण्डारीले हाल सम्मको मेला तयारीको बिषयमा जानकारी गराउँदै स्वदेशकै बालउद्यानलाई मेलामा स्थान दिइएकाले यसपटक बालउद्यानका नाममा हुने पुँजी पलायन रोकिने बताए ।
मेला यही माघ १० देखि २१ गतेसम्म तिलोत्तमा ५ मणिग्राम चोकदेखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्वमा सञ्चालन हुनेछ । पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् ।

प्रकाशित मिति : आइतबार, माघ ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij