JanataToday.com

Advertisment

SKIP THIS

शाइन रेसुङ्गा बैंक र ई – सेवा बीच सम्झौता

शाइन रेसुङ्गा बैंक र ई – सेवा बीच सम्झौता

बुटवल
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैक र ई सेवा फोन  प्रालि बिच वित्तीय पहुंच बृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ । यस सम्झौतापछि ग्राहकले शून्य मौज्दातमा खाता खोल्न सक्ने र निःशुल्क बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र ई–सेवा फोन पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका छन् ।
प्रदेश ५ मा केन्द्रीय कार्यालय रहेका तीन वटा विकास बैंकहरु मिलेर हालै मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुंगाले शाखा सञ्जाल र आधुनिक बैंकिङ सेवा विस्तार गर्ने नीति अनुसार सर्वसाधारणमा वित्तीय पहुंच र वित्तीय साक्षरता बृद्धि गर्ने उद्देश्यले ई सेवा फोन पे प्रा।लि।संग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।
अधिकृत पूँजी पांच अर्ब र जारी पूँजी दुई अर्ब ६२ करोड रहेको बैंकको प्रदेश ५ का १० तथा बागमती र गण्डकी प्रदेशमा एक–एक गरी गरी १२ जिल्लामा ७० वटा शाखा र एक एक्सटेन्सन कार्यालय छन् । बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सात वटै प्रदेशका मुख्य शहरमा शाखा कार्यालय विस्तारको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ । बैंकका ग्राहक चार लाख जना पुगेका बैंकले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij