काठमाडौं ।
कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो ।
कोरोना संक्रमणबारे आज जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को मृत्यु भएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् ।
चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । मृत्यु भएकामा अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ ।
संक्रमण थप फैलने चिन्ता
कोरोना भाइरसले विश्वव्यापी रूप लिनसक्ने चिन्ता व्यक्त भइरहेका बेला यसको नियन्त्रण चीनका लागि टाउको दुखाइको विषय बन्दै जान थालेको छ ।
भाइरसको संक्रमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ । उसले नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्र नजान भनेको छ ।
यद्यपि, संक्रिमत राज्यमध्येको एक हुवेईका लाखौं मानिसहरू चिनियाँ नयाँ वर्ष मनाउन निस्किने तयारीमा जुटेको बीबीसीले जनाएको छ ।
बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठूला कार्यक्रमहरू रद्द गरेका छन् ।
प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्