JanataToday.com

Advertisment

SKIP THIS

दोस्रो शुद्दोधन शैक्षिक महोत्सव सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड छनोटको उपाधि तिलोत्तमा मा.वि.लाई

दोस्रो शुद्दोधन शैक्षिक महोत्सव सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड छनोटको उपाधि तिलोत्तमा मा.वि.लाई

जनता टुडे, संवाददाता
बुटवल् ।
शुद्दोधन गाउपालिकाको आयोजनामा दोस्रो शुद्दोधन शैक्षिक महोत्सव सम्पन्न भएको छ । महोत्सवमा राष्टपति रनिङ शिल्ड छनोटको उपाधि तिलोत्तमा मा.वि ले जितेको छ । शुक्रबार समापन भएको महोत्सव तथा प्रतियोगीतमा उपाधि र तिलोत्तमा मा.विले जितेको हो । उपाधि विजेता विद्यालय लगायत सबै विद्यालयहरुलाई प्रदेश पाँचका भौतिक पुर्वाधार विकास मन्त्री तथा प्रदेश प्रवक्ता बैजनाथ चौधरीले पुरस्कार प्रदान गर्नुभयो।
कार्यक्रममा प्रदेश सांसद तुल्सी प्रसाद चौधरी ,पुष्पा थारू,भगवती भण्डारीको विशिष्ट आतिथ्यता ,नेकपा शुद्धोधनका अध्यक्ष नर बहादुर घर्ती ,शिक्षक महासंघ प्रदेश सह अध्यक्ष छविलाल पाण्डे ,शिक्षक महासंघ जिल्ला सचिव लिलाधर न्यौपाने,गाउँ पालिका उपाध्यक्ष शान्ता ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।
विभिन्न विधालयका विभिन्न विधामा करब ४२५ जना विद्यार्थीहरूबिच भएको प्रतिश्पर्धामा फर्सा्टिकरमा अवस्थित तिलोत्तमा मा.विले रनिङ शिल्ड हात पारेको छ । खेलाडी सम्मानमा तथा कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले आजको २१ औं शताब्दीमा मानिस किताबी ज्ञानमा मात्र सिमित नभई विभिन्न खेलकुदको माध्यमबाट पनि आफ्नो क्षमता प्रर्दशन सकिने धारणा राख्नुभयो ।
मन्त्री चौधरीले राष्ट्रिय विकासको मेरूदण्ड शिक्षा भएकोले प्रदेश सरकारले विधालयका भौतिक संरचना निर्माण देखि शैक्षिक सुधार योजनालाई प्रभावकारी रूपमा अगाडि बढाएको बताउनुभयो ।
उहाले नेपाल भर्मण बर्ष २०२० लाई सफल पार्न सम्पूर्ण आ आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको थियो । । शैक्षिक महोत्सव समापन कार्यक्रमको अध्यक्षता शुद्धोधन गाउँ पालिका अध्यक्ष किशुनचन्द् चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कार्यक्रम

प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij