बुटवल– बुटवलमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलेको भोली शनिबार ट्याव्लेट बैकिङ्ग प्रणालीको सुभारम्भ हुदैछ ।
बुटवलमा हुने कार्यक्रमलाइ गभर्नर डा. चिरञ्जीवी नेपालले सुभारम्भ गर्नुहुनेछ । संस्थालाइ सवल तथा पारदर्शि बनाउनको लागी , कार्यकुशलता तथा उत्पादकत्व वृद्धि गर्न ग्राहक सदस्यलाइ छिटो छरिदो र घरदैलोमा उनीहरुको आवश्यकता अनुसार सेवा प्रदान गर्नका साथै संस्थाको कार्यक्षेत्र तथा कार्यालयमा हुने कार्यहरुको डिजिटलाइजेसन गर्ने उदेश्यले विभिन्न शाखा कार्यालयहरु बाट ट्याव्लेट बैकिङ्ग प्रणालीको माध्यमबाट सेवा प्रारम्भ गर्न लागिएको संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्था द्धारा उर्जा कर्जा अन्तर्गत प्रवद्र्धन गर्दै आइरहेको उर्जा प्रविधिहरु सुधारिएको चुलो ,घरेलु तथा ब्यवसायिक बायो ग्यास ,सोलार कन्मक्सन ड्रायर सौर्य विद्युत प्रणली, सोलार वाटर पम्प ,सोलार वाटर हिटर, सोलार कुटानी पिसानि ,सोलार रेफ्रिजेरेटर, विद्युतिय रिक्साको बारेमा जानकारी गराउनका साथै केहि प्रविधिहरुको नमुना प्रर्दशन गर्न गइरहेको संस्थाका सि. ओ. ओ .श्रीराम पोखरेलले बताउनुभयो ।
नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुर्वको पर्शा देखि पश्चिमको कन्चनपुर सम्मका एघार वटा तराइका जिल्ला र थप ८ ओटा पहाडि जिल्ला गरि जम्मा १९ ओटा जिल्लामा ३९ शाखा कार्यालय मार्फत वित्तीय सेवाको पहुच बाट बन्चित करिब ४२,००० गरिब तथा बिपन्न घरपरिवारलाइ वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्