मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शकले गरे अवलोकन

मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शकले गरे अवलोकन

तिलोत्तमा
तिलोत्तमाको मणिग्राममा सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा दोस्रो दिन करिब १५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । आज सार्वजनिक विदा भएकाले मेलामा तिलोत्तमा नगरपालिका र आसपासका क्षेत्रबाट दर्शकको उत्साहजनक उपस्थिति रहेको मेला आयोजक तिलोत्तमा वाणिज्य संघका महासचिव कमलप्रसाद कंडेलले जानकारी दिनुभयो। ‘तिलोत्तमामा लगानी समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा सञ्चालित ब्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवमाआजदेखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि शुरु भएको छ । सांस्कृतिक कार्यक्रम तर्फ तिलोत्तमा लोकतारा २०७६ शुरु भएको छ । उक्त लोक गाउन प्रतियोगितामा अडिसनबाट छनोट भएका उत्कृष्ट १० जनाले आफ्नो प्रस्तुति दिएका छन् । प्रतियोगितामा निर्णायकको ५० अंक, दर्शक भोटको ४० प्रतिशत र यु ट्युब भ्युअर्सको १० प्रतिशतका आधारमा विजेता घोषणा गरिने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले बताए । विजेताले ४१ हजार,उपविजेताले २५ र तृतीयले १५ हजार नगद पुरस्कार पाउनेछन् ।स्वदेशी र विदेशी गरी तीन सय स्टल रहेको मेलामा मुख्यआकर्षणमा गोरुले पेलेर बनाइने खुदो,मण्डलमत्स्य ह्याचरीको माछा पोखरी,परम्परागत कृषि औजार, महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने टेलिकमको निःशुल्क प्रिपेड सिम वितरण र चाउचाउको सुप निःशुल्क वितरण रहेका छन् । मेलामा आइतबारदेखि अन्तर स्कुल÷कलेज फाइभ ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने छ । जानकीनगर क्लबले व्यवस्थापन गरेको प्रतियोगितामा रुपन्देही जिल्लाका स्कूल र कलेज गरी २५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता उद्घाटन अघि मेला आयोजक र रुपन्देहीका पत्रकारबीच दिउसो १२ बजे मैत्रीपूर्ण खेल हुने छ । महोत्सवमा भोली लोकदोहोरी गायक नवीन पौडेल,शिलु भट्टराई,रेनु राना र हास्य कलाकार विष्णुजी पाडे माइलाबाको प्रस्तुती रहने आयोजकले जनाएका छन् । आइतबार देखि नै तिलोत्तमा डान्स आइकनमा छनोट भएका उत्कृष्ट १० जनाको प्रस्तुति रहने छ । माघ २१ गतेसम्म चल्ने महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका अध्यक्ष माधव भण्डारीले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गर्न शुरु भएको छ ।

प्रकाशित मिति : शनिबार, माघ ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij